
१स्वार्थको टकराव : श्रीमतीको सेयर मोहले सम्पत्ति शुद्धीकरणका महानिर्देशक ठाकुरको खुस्कियो पद
२विचौंलिया दिपक भट्ट र शेखर गोल्छाको ठगी धन्दामा कान्तिपुरका मालिक कैलाश सिरोहिया पनि संलग्न
३पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागतको तयारी
४विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
५साढे ३ अर्बको ‘इन्साइडर ट्रेडिङ’ प्रकरणः नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ
६पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
७रातो पासपोर्टप्रति नयाँ सांसदहरूको अतिरिक्त मोह : दुरुपयोगको इतिहास दोहोरिने खतरा !
८कुख्यात विचौंलियासँगको सम्बन्धका कारण सुधनको गृहमन्त्री पद नै चैट
९उच्च अदालतले सदर गरेसँगै पोखरा-२४ का वडाध्यक्ष अधिकारीलाई जेल सजाय
१०गृहमन्त्रीका विवादित साझेदार नैं प्रहरी–सशस्त्रको हतियार खरिद ठेक्कामा
११कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा
१२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
६धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
७कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
८सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
९विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
११अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१२१४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
काठमाडौं । अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा पेश गर्ने तयारीमा सरकार जुटेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनसँग अहिले सरकारी निवास बालुवाटारमा निर्णायक वार्ता गर्दैछन्।
बिहीबार रातिसम्म सत्ता गठबन्धन र विपक्षी दलका नेतासँग छलफल गरेका देउवाले एमसीसीलाई अगाडि बढाउन शुक्रबार सत्ता गठबन्धनका शीर्ष नेतासँग छलफल सुरु गरेका हुन्।
दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधिसभा बैठक अघि नै एमसीसी संसदमा पेश गर्ने वातावरण तयार गर्नेगरी देउवाले गठबन्धनका नेतासँग निर्णायक छलफल थालेका हुन्।
देउवाले सत्ता गठबन्धनका नेतासँग बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्दैछन्। बिहीबार साँझ भएको छलफलमा सत्ता गठबन्धनमा सहमति जुट्न नसकेपछि शुक्रबार बिहानका लागि छलफल तय भएको हो।
सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति देउवा, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेता सहभागी हुँदैछन्।
गठबन्धन बैठक अघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवासमा एसका अध्यक्ष माधव नेपाल र र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । छलफलमा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसमेत सहभागी छन् ।
सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसले संसदबाट एमसीसी अनुमोदन गर्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवा यसलाई संसदमा पेश गर्नुपर्नेमा दबाबमा छन्।
फागुन ४ गतेको संसद बैठकमा एमसीसी पेश हुन नसकेपछि बैठक शुक्रबारको लागि तय भएको थियो। संसदको दशौँ अधिवेशनको पाँचौँ बैठकको सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको छैन।
सभामुख अग्निप्रसाद सपकोटाले बिहान साढे ११ बजेका लागि कार्यव्यवस्था समिति बैठक आह्वान गरेका छन्। सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार कार्यव्यवस्था समितिको बैठकले कार्यसूची तय गर्नेछ।
बैठक नयाँ बनेश्वरस्थित संसद भवनको शंकर हलमा बस्नेछ। कार्यव्यवस्था समितिमा एमसीसी लगायत संसद बैठकका सम्भावित कार्यसूचीको विषयमा छलफल हुनेछ।
कार्यव्यवस्था समिति बैठक लगत्तै दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्नेछ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन २०७७/०७८ पेस गर्ने बिहीबार सार्वजनिक सम्भावित कार्यसूचीमा उल्लेख छ।
प्रतिपक्षीको साथ खोज्दै देउवा
लामो समयदेखि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले संसद् बैठक अवरुद्ध गर्दै आएका छन्। बिहीबार राति प्रतिपक्षी दलका नेता केपी ओलीको निजी निवास बालकोट पुगेर प्रधानमन्त्री देउवाले संसदको अवरोध हटाउन र एमसीसीमा सहयोग गर्न आग्रह गरेका छन्।
पत्नी डा. आरजु राणा देउवासहित बालकोट पुगेका देउवाले ओलीसँग करिब दुई घण्टा छलफल गरेका थिए। यो भेटलाई कतिपयले देउवा सत्ता गठबन्धन भत्काएर भए पनि एमसीसी पारित गर्ने पक्षमा अघि बढेको विश्लेषण गरेका छन्।
एमसीसी पारित गर्ने पार्टीको निर्णयपछि दबाबमा रहेका देउवाले बिहीबार ओलीसँग सत्ता साझेदारीको सम्बन्धमासमेत छलफल गरेको बुझिएको छ। एमसीसीको विषयमा एमालेले साथ दिए देउवा सत्ता गठबन्धन तोड्ने मोडमा पुगेको देखिन्छ। यसको निक्यौल अहिले बालुवाटारमा बस्ने गठबन्धन बैठकको निष्कर्षले गर्नेछ। सरकारमाथि फागुन १६ गतेभित्र एमसीसी पास गर्नुपर्ने कूटनीतिक दबाब छ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा