News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

गृहमन्त्री बन्न नपाउँदाको झोंक फेर्दै महेश बस्नेत, एमाले संगठन विभाग प्रमुख अधिकारीलाई हटाउन माग

काठमाडौं, २ फागुन । नेकपा (एमाले)का नेता महेश बस्नेतले संगठन विभाग प्रमुख खगराज अधिकारीलाई जिम्मेवारीबाट हटाउन माग गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत् उनले पार्टी नेतृत्वसँग यस्तो माग गरेका हुन् । नेता बस्नेतले अधिकारीमाथि संगठन विभाग चलाउन अयोग्य रहेको आरोप लगाउँदै उक्त जिम्मेवारीबाट हटाउन माग गरेका हुन् । नेता अपहरणदेखि युवा संघका नाममा गुण्डागर्दीलाई राजनीतिक संरक्षण गर्दै आईरहेका बस्नेतको गृहमन्त्री बन्ने सपना तुहाएको झोंकमा अधिकारीमाथि खनिएका हुन् ।

अधिकारीलाई सम्बोधन गर्दै उनले फेसबुकमार्फत् सोधेका छन्, ’पार्टीको सचिवालयको बैठकले कार्यविधि पारित गरिसकेपछि त्यससँग बाझिने गरी केन्दीय कमिटी र पदाधिकारी बनाउन निर्देशन गर्ने अधिकार तपाँईलाई कसले दियो ? युवा संघले सचिवालयको अधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरुलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो ? संगठनको इन्चार्ज, अध्यक्ष समेतसँग परामर्श नगरी संगठनको बारेमा विभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो ? एमाले विरुद्ध चौतर्फी आक्रमण भइरहेको बेलामा आन्दोलनको मोर्चा सशक्त ढंगले सम्हालिरहेको युवा संघमाथि अराजकता हाबी हुने र विरोधीहरूको हौसला बढ्ने गरी फैसला किन गर्नु भयो ?’

पार्टीको सचिवालय बैठकले जन संगठन संयोजन संयन्त्रले कार्यविधि पारित गरिसकेपछि त्यससँग बाझिने गरी केन्द्रीय कमिटी र पदाधिकारी बनाएको भन्दै अधिकारीप्रति बस्नेतले आक्रोश पोखेका छन् । उनले भनेका छन्, ’छोटो समयको अनुभवबाट भन्न सकिन्छ तपाईँ संगठन विभाग चलाउन सक्ने व्यक्ति होइन् । तसर्थ खगराज अदिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसँग माग गर्दछु ।’

नेकपा एमाले भित्र स्पष्ट वक्ताको रुपमा छवि बनाएका पुराना कम्युनिष्ट नेता अधिकारीलाई गुण्डागर्दी र बाहुबलको आडमा नेता गिरी गर्दै आएका बस्नेतको आक्रोशले केही पनि नछुने कार्यकर्ताहरु नै बताउँछन् । यता, गण्डकी प्रदेशका प्रभावशाली नेता अधिकारी र अर्का निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बिचको अन्तरसंघर्ष भने जारी नै छ ।