
१राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
३जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
४राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
६लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
७माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
८रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
९प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१०रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
११रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना, एमसिसी नेपाल जस्ता विकासोन्मुख देशको मागका आधारमा तयार भएकाले नेपालबाट यसलाई पारित गर्नुपर्ने बताउनुभएको छ ।
उहाँ नेपाली कांग्रेसको प्रवक्ता मनोयन हुनुभएकामा बधाइ ज्ञापन गर्न नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको कार्यक्रममा डा महतले यो परियोजना जतिसक्दो चाँडै संसद्मा पेश गरी पारित गर्नुपर्नेमा जोड दिनुभयो । प्रवक्ता डा महतले पछिल्लो एक वर्षमा एमसिसीलाई गिजोल्ने काम मात्र भएको टिप्पणी गर्नुभयो । उहाँले नेपालमा सबै राजनीतिक दलहरु यसको समर्थनमा रहेका र हुनुपर्ने बताउनुभयो ।
उहाँको भनाइ थियो, ‘‘अहिले विरोधमा रहेका यहाँका कतिपय दल र तिनका नेताहरुको पनि एमसीसीमा सहभागिता र समर्थन रहेको थियो । तर दुःखद् कुरा के छ भने पछिल्लो एक वर्षदेखि उनीहरुले नै एमसीसीलाई गिजोल्ने काम गरेका छन् । भ्रम फैलाउने गरी प्रचार गरिएको छ, यो दुर्भाग्य हो ।’’
यो आयोजना नेपालकै प्राथमिकताका आधारमा अमेरिकाले तय गरेको र निःशुल्क सहयोग परियोजना भएकाले यो अनुदान फिर्ता गर्न नहुने पनि स्पष्ट गर्नुभयो । यो कुनै इन्डोप्यासिफिक रणनीति तथा सैन्य परियोजना नभएर नेपालकै कानुनअनुसार सञ्चालन हुने र नेपालको चाहनाअनुसार नै आएको स्पष्ट गर्नुभयो । प्रवक्ता डा महतले देशका जिम्मेवार राजनीतिक दलले नै एमसिसीको विरोध गर्नु दुर्भाग्य हो भन्नुभयो । उहाँले भन्नुभयो, ‘‘नेपालले आफ्नै प्राथमिकतामा छानेको परियोजनाको अहिले पास गर्ने बेलामा आएर विरोध गर्नु, अनावश्यक रुपमा भ्रम छर्ने काम गर्नु दुःखद् हो ।’’
राष्ट्रिय मुद्दाका महत्वपूर्ण विषयमा जनतामा भ्रम छर्ने काम भइरहेको भन्दै डा महतले हिजो अरुण तेस्रो जलविद्युत् आयोजना कांग्रेस नेतृत्वको सरकारले अघि बढाउँदा त्यसमा पनि राष्ट्रघात देख्नेहरुले पछि सो आयोजनाको आवश्यकता देखेको भन्दै अहिले एमसिसीमा पनि त्यस्तै भ्रम छर्ने काम गरेको बताउनुभयो ।
संसद्मा दर्ता भइसकेको प्रस्ताव संसद्मा पेश गर्नु सभामुखको दायित्व भएको पनि उहाँले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘सभामुखले संसद्मा टेबल गर्नुपर्छ र प्रक्रिया अगाडि बढाउनुपर्छ । सरकारले दर्ता गरेको प्रस्ताव सदनमा अगाडि बढाउनु सभामुखको दायित्व हो । सदनमा बुँदागत छलफल हुन्छ । दूधको दूध पानीको पानी छुट्टिन्छ ।’’
एमसिसीका बारेमा कुनै भ्रम नरहेको र हाम्रा जिज्ञासाका बारेमा एमसिसीले नै प्रष्ट पारिसकेको भन्दै प्रवक्ता महतले देशअनुसारको विदेश नीति नभई यस्ता सम्वेदनशील मुद्दाहरुमा राष्ट्रिय सहमति हुनु जरुरी रहेको बताउनुभयो । सो कार्यक्रममा युनियनका पूर्वअध्यक्ष तथा नेपाल टेलिभिजनका नवनियुक्त अध्यक्ष समीरजङ्ग शाहलाई पनि बधाइ ज्ञापन गरिएको थियो । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले कांग्रेस पार्टी मिडियामैत्री हुनुपर्ने सुझाव दिनुभयो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए