
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
स्याङ्जा । जिल्लाको वालिङ नगरपालिकाले आप्रवासीको तथ्याङ्क सङ्कलनको तयारी थालेको छ । नगरपालिकाको आयोजनामा सुरक्षित आप्रवासन परियोजना (सामी), हेल्भेटास नेपाल र अन्धाअन्धी सामुदायिक विकास केन्द्रको सहयोगमा नगरपालिकाले गणकलाई तालिम दिइ आजदेखि परिचालन गर्दैछ ।
वालिङ नगरभित्रका नागरिक वैदेशिक रोजगारीमा गएका वा गएर फर्केकाको तथ्याङ्क सङ्कलन गर्ने, उनीहरुको सीप, योग्यतालगायत विवरण सङ्कलन गरिने नगरप्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए । ‘वालिङका नागरिक वैदेशिक रोजगारीमा कति छन्, कति फर्किए, उनीहरुसित के–कस्तो सीप छ वा बेरोजगार छन् यी सबै विवरण गणकले घर–घरमै पुगेर सङ्कलन गर्नेछन्’, उनले भने, ‘इच्छुकको नामावली, सीप, क्षमता, योग्यतालाई ‘रोजगार पोर्टल’ निर्माण गरी राख्ने योजना छ ।’
‘रोजगार पोर्टल’ मा इच्छुकको नामावली राखेसँगै उद्योग तथा कलकारखानालाई आवश्यक पर्दा सहजरूपमा उपलब्ध गराउन सकिने छ । ‘वैदेशिक रोजगारीबाट स्वदेश फर्केकाको सीप, क्षमताको विवरण ‘रोजगार पोर्टल’मा उल्लेख गरिन्छ’, उनले भने, ‘सोही पोर्टलमा उद्योग तथा कलकारखानालाई आवश्यक पर्ने जनशक्तिको पनि विवरण राखिने छ, कामदारले काम पाउने र उद्योगले कामदार पाउन सहज हुने छ ।’
वालिङका कति नागरिक वैदेशिक रोजगारीमा छन्, कति फर्किएका छन्, फर्किएका वालिङका नागरिकको स्थिति के छ भन्ने बुझ्नका लागि १४ वटै वडामा गणक खटाइएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए। ‘एक महिनासम्म १७ गणकले गाउँ–गाउँमा पुगेर विवरण सङ्कलन गर्नेछन्’, उनले भने, ‘वैदेशिक रोजगारीमा गएका वा फर्केका यहाँका नागरिकको अवस्थाका बारेमा यथार्थ जानकारी भएसँगै यससम्बन्धी आगामी दिनमा नीति तथा कार्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याउन सहज हुने छ ।’
‘कोभो एप्स’को प्रयोग गरेर गणकले डिजिटल प्रविधिबाट तथ्याङ्क सङ्कलन गर्नेछन् । वैदेशिक रोजगारीमा गएका नागरिकले पठाउने रेमिट्यान्स र घरपरिवारले त्यसको प्रयोग के काममा गरेका छन् भन्ने विवरणसमेत गणकले घर–घरमै पुगेर लिने भट्टराईले बताए। सत्र गणकलाई दुईदिने तालिम दिएर आजदेखि वडा–वडामा जिम्मेवारी दिएर पठाइएको सुरक्षित आप्रवासन परियोजना (सामी) स्याङ्जाका कार्यक्रम संयोजक एकनारायण सापकोटाले जानकारी दिए ।
यथार्थ र तथ्यपरक विवरण सङ्कलनका लागि गणक घर–घरमा गए–नगएको एप्समार्फत नै निगरानी गरिने उनले बताए । ‘गणकले एप्सको प्रयोग गरेर दुई प्रकारबाट विवरण सङ्कलन गर्नेछन्’, सापकोटाले भने, ‘एउटा वैदेशिक रोजगारीमा गएर फिर्ता भएका व्यक्ति र अर्को वैदेशिक रोजगारीमा रहेकाको घरपरिवारबाट फरक–फरक विवरण सङ्कलन हुनेछ ।’ उनीहरुलाई वैदेशिक रोजगारीमा गएर फर्केका व्यक्ति र वैदेशिक रोजगारीमा रहेका व्यक्तिको परिवारलाई लक्षित गरेर विवरण सङ्कलन गरी डिजिटल प्रविधिमार्फत भर्ने तरिका सिकाएर पठाइएको छ
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग