
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइके देखि भ्रष्टाचार आरोपितसम्म
२चुनावी मैदानमा विप्लव
३राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
९माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१०रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
११प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
८हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
स्याङ्जा । जिल्लाको वालिङ नगरपालिकाले आप्रवासीको तथ्याङ्क सङ्कलनको तयारी थालेको छ । नगरपालिकाको आयोजनामा सुरक्षित आप्रवासन परियोजना (सामी), हेल्भेटास नेपाल र अन्धाअन्धी सामुदायिक विकास केन्द्रको सहयोगमा नगरपालिकाले गणकलाई तालिम दिइ आजदेखि परिचालन गर्दैछ ।
वालिङ नगरभित्रका नागरिक वैदेशिक रोजगारीमा गएका वा गएर फर्केकाको तथ्याङ्क सङ्कलन गर्ने, उनीहरुको सीप, योग्यतालगायत विवरण सङ्कलन गरिने नगरप्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए । ‘वालिङका नागरिक वैदेशिक रोजगारीमा कति छन्, कति फर्किए, उनीहरुसित के–कस्तो सीप छ वा बेरोजगार छन् यी सबै विवरण गणकले घर–घरमै पुगेर सङ्कलन गर्नेछन्’, उनले भने, ‘इच्छुकको नामावली, सीप, क्षमता, योग्यतालाई ‘रोजगार पोर्टल’ निर्माण गरी राख्ने योजना छ ।’
‘रोजगार पोर्टल’ मा इच्छुकको नामावली राखेसँगै उद्योग तथा कलकारखानालाई आवश्यक पर्दा सहजरूपमा उपलब्ध गराउन सकिने छ । ‘वैदेशिक रोजगारीबाट स्वदेश फर्केकाको सीप, क्षमताको विवरण ‘रोजगार पोर्टल’मा उल्लेख गरिन्छ’, उनले भने, ‘सोही पोर्टलमा उद्योग तथा कलकारखानालाई आवश्यक पर्ने जनशक्तिको पनि विवरण राखिने छ, कामदारले काम पाउने र उद्योगले कामदार पाउन सहज हुने छ ।’
वालिङका कति नागरिक वैदेशिक रोजगारीमा छन्, कति फर्किएका छन्, फर्किएका वालिङका नागरिकको स्थिति के छ भन्ने बुझ्नका लागि १४ वटै वडामा गणक खटाइएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए। ‘एक महिनासम्म १७ गणकले गाउँ–गाउँमा पुगेर विवरण सङ्कलन गर्नेछन्’, उनले भने, ‘वैदेशिक रोजगारीमा गएका वा फर्केका यहाँका नागरिकको अवस्थाका बारेमा यथार्थ जानकारी भएसँगै यससम्बन्धी आगामी दिनमा नीति तथा कार्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याउन सहज हुने छ ।’
‘कोभो एप्स’को प्रयोग गरेर गणकले डिजिटल प्रविधिबाट तथ्याङ्क सङ्कलन गर्नेछन् । वैदेशिक रोजगारीमा गएका नागरिकले पठाउने रेमिट्यान्स र घरपरिवारले त्यसको प्रयोग के काममा गरेका छन् भन्ने विवरणसमेत गणकले घर–घरमै पुगेर लिने भट्टराईले बताए। सत्र गणकलाई दुईदिने तालिम दिएर आजदेखि वडा–वडामा जिम्मेवारी दिएर पठाइएको सुरक्षित आप्रवासन परियोजना (सामी) स्याङ्जाका कार्यक्रम संयोजक एकनारायण सापकोटाले जानकारी दिए ।
यथार्थ र तथ्यपरक विवरण सङ्कलनका लागि गणक घर–घरमा गए–नगएको एप्समार्फत नै निगरानी गरिने उनले बताए । ‘गणकले एप्सको प्रयोग गरेर दुई प्रकारबाट विवरण सङ्कलन गर्नेछन्’, सापकोटाले भने, ‘एउटा वैदेशिक रोजगारीमा गएर फिर्ता भएका व्यक्ति र अर्को वैदेशिक रोजगारीमा रहेकाको घरपरिवारबाट फरक–फरक विवरण सङ्कलन हुनेछ ।’ उनीहरुलाई वैदेशिक रोजगारीमा गएर फर्केका व्यक्ति र वैदेशिक रोजगारीमा रहेका व्यक्तिको परिवारलाई लक्षित गरेर विवरण सङ्कलन गरी डिजिटल प्रविधिमार्फत भर्ने तरिका सिकाएर पठाइएको छ
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने