
१विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
३छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
४सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
५बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
६शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
९पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१०स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
पर्वत, २५ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले गण्डकी प्रदेशमा धेरै सम्भवनाको खानी रहेको बताउनुभएको छ । कुश्मा नगरपालिका–३ दुर्लुङमा राधाचन्द्र स्मृति प्रतिष्ठानले १४औँ स्मृति दिवस मनाउन सोमबार आयोजना गरेको कार्यक्रममा पोखरेलले गण्डकी प्रदेशको सम्भवनालाई पहिचान गरी सरकारले समृद्ध प्रदेश निर्माणका योजना तय गरेको बताउनुभयो ।
उहाँले प्रदेशमा क्यान्सर अस्पताल निर्माण, सुस्तात्रिवेणीबाट मुस्ताङसम्मको द्रुतमार्ग निर्माण, महिलाहरूको पाठेघर निःशुल्क उपचार, कोभिडपीडितलाई राहतका कार्यक्रम, सबै जिल्ला अस्पतालको स्तरोन्नति, मुख्य सडकको स्तरोन्नतिजस्ता विषयलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेटमार्फत काम गर्ने सोचमा रहेको बताउनुभयो । उहाँले चालु वर्ष प्रदेश सरकारले हतारमा बजेट ल्याउनुपर्दा कतिपय जनताका माग सम्बोधन गर्न नसक्नु आफ्नो बाध्यता रहेको पनि स्वीकार्नुभयो ।
मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले बोलपत्र गरेका योजनामा आफ्नो सरकारले बजेट हाल्नुपर्दा सोचअनुरुपका योजना अधुरा रहेको चर्चा गर्नुभएको थियो । केन्द्र सरकारसँग रु ५० अर्ब बजेट मागेको बताउँदै जानकारी गराउँदै उहाँले केन्द्र सरकारले प्रदेशको अनुरोध मानेर बजेट विनियोजन गर्ने आशा व्यक्त गर्नुभएको थियो । स्मृति दिवसमा उत्कृष्ट अङ्क ल्याएर पास भएका जेहेन्दार विद्यार्थी, समाजिक व्यक्ति, पत्रकार, जनप्रतिनिधि, ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो भने दीर्घरोगीलाई उपचार खर्च वितरण गरिएको थियो ।