
१विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
३छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
४सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
५बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
६शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
९पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१०स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न बालुवाटार जाँदैछन्।
सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते लावालस्करसहित बालुवाटार छोडेका ओली त्यसयता फर्किएका थिएनन्। ओलीलाई देउवाले बालुवाटारमा निम्तो नदिएका भने होइनन्। यो बीच दुई पटक देउवाले बालुवाटारमा सर्वदलीय बैठक बोलाएका थिए।
ती दुबै बैठक सबै दलका प्रमुखहरूलाई बोलाइएको भए पनि एमाले अध्यक्ष ओली आफू पनि गएनन् न त पार्टीको तर्फबाट कोही प्रतिनिधि पठाए।
एमाले संसदमा निरन्तर अवरोध गरिरहने र सर्वदलीय बैठकको छलफलमा पनि सहभागी नहुने भएपछि प्रधानमन्त्री देउवाले ओलीसँग एक्लै कुराकानी गरेका थिए। पुस २४ गते देउवा आफैं ओली निवास बालकोट पुगेका थिए।
देउवा बालकोट पुगेको एक महिनापछि ओली आज बालुवाटार आउन राजी भएका हुन्। समसामियक विषयमा छलफल गर्न भनेर देउवाले ओली र प्रचण्डलाई बालुवाटार बोलाएका हुन्।
प्रचण्ड र ओलीलाई बालुवाटार बोलाए पनि देउवाले सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने बोलाएका छैनन्। नेपाल सहभागी बैठकमा ओली नआउने भएकैले देउवाले यस्तो गरेका हुन्।
‘अध्यक्षज्युलाई समसामयिक विषयमा तीन नेताबीच छलफल गर्ने भनेर खबर गरिएको छ। अरूलाई किन नबोलाइएको भनेर हामीलाई थाहा हुने कुरा भएन,’ एमालेका एक नेताले भने,‘माधव नेपालको पार्टीलाई हामीले मान्यता दिएको छैन। नेपाल समूहलाई हेर्ने हाम्रो घोषित नीति सार्वजनिक नै छ नि!’
एकीकृत समाजवादीका उपमहासचिव जगनन्नाथ खतिवडाले माधव नेपाललाई नबोलाइनुलाई आफूले सामान्य रूपमा लिएको बताए। विसर्जनवादीको मुख एकीकृत समाजवादीले नहेर्ने अनि विद्रोहीको मुख एमालेले नहेर्ने भएकाले यस्तो गरिएको हुन सक्ने उनले बताए।
संसद अवरोधकै कारण अहिलेको गतिरोध भएकाले संसद सुचारू गर्नकै लागि बालुवाटारमा छलफल गरिएको उनको भनाइ छ।