
१विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
३छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
४सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
५बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
६शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
९पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१०स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
गण्डकी, २२ माघ । गण्डकी प्रदेशसभाले आफ्नो चौथो वार्षिकोत्सव भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । कोरोना महामारीका कारण प्रदेशसभा सचिवालयले वार्षिकोत्सवलाई भर्चुअल माध्यमबाट सम्पन्न गरेको हो ।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गण्डकी प्रदेश नेपालको मध्यभागमा परेको र नेपालको राज्य एकीकरण पनि यहीँबाट सुरु भएको जनाउँदै यहाँ गरिने जुनसुकै निर्णयले समग्र राष्ट्रमा नै महत्वपूर्ण प्रभाव पार्ने बताउनुभयो । विकासका निम्ति सधँै आकांक्षी हुनुपर्ने उल्लेख गर्दै उहाँले सङ्घीयताको मर्म र भावनाअनुसार अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । केन्द्रमुखी प्रवृत्ति अझै पनि कायम रहेको जनाउँदै पूर्वप्रधानमन्त्री भट्टराईले प्राप्त अधिकारलाई कार्यान्वयन गरी प्रयोग गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले देशमा तीन तहका सरकार गठनले राज्यले जनतासम्म पुग्ने आधार फराकिलो बनाएको बताउनुभयो । केन्द्रमा मात्र निर्भर हुने अवस्था कम हुँदै गएपछि नागरिकका चाहना पनि बढेको र सरकारप्रतिको आशा तथा भरोसा बढेको उहाँले बताउनुभयो । चारवर्षे अवधि महत्वपूर्ण भए पनि अझ धेरै काम गर्न बाँकी रहेको र परिवर्तनका उपलब्धिलाई संस्थागत गर्न सबै दलहरू दलीय स्वार्थबाट माथि उठ्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले प्रदेशलाई सबै किसिमबाट पहिलो प्रदेशका रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो । प्रदेशसभा गठनको यस अवधिमा महत्वपूर्ण उपलब्धि हासिल भएको जनाउँदै उहाँले यसको कार्यान्वयनका लागि लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले देश सङ्घीय पद्धतिमा गइसकेपछिका चार वर्षमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो । गण्डकी प्रदेशमा समझदारीपूर्ण तवरबाट नामाकरण, राजधानी जस्ता विषय टुङ्गिएको जनाउँदै उहाँले पारित ऐन कानुनलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । प्रदेशमा सत्तापक्ष र प्रतिपक्षबीच समन्वय तथा समझदारीका साथ अघि बढिएको उहाँले बताउनुभयो । प्रदेशसभाको बाँकी एक वर्षमा पनि महत्वपूर्ण विधेयक पारित हुने उहाँले जनाउनुभयो ।
संविधानसभा सदस्य विनोद चौधरीले प्रदेशसभा गठनका यस अवधिमा धेरै महत्वपूर्ण उपलब्धि हासिल भएको धारणा राख्नुभयो । संविधानसभा सदस्य एवं प्रतिनिधिसभा सदस्य देव गुरुङले सङ्घीयताको मर्मअनुसार जनतालाई अधिकतम सेवा सुविधा दिने गरी लाग्नुपर्नेमा जोड दिनुभयो ।
संविधानसभा सदस्य डा भीष्म अधिकारीले सङ्घीयताको परीक्षण कालमा रहेको उल्लेख गर्दै यसबीचमा बनेका कानुनको कार्यान्वयनको अवस्था एवं आगामी दिनमा बन्ने कानुनबारे छलफल गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
संविधानसभा सदस्य अमृता थापाले संविधानको मर्मअनुसार प्रदेशसभा नयाँ संरचनाका रुपमा स्थापित बनेको जनाउँदै सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहको समन्वयात्मक व्यवहार आवश्यक भएकामा जोड दिनुभयो । संविधानसभा सदस्य एकनाथ ढकालले परिवर्तनलाई संस्थागत गर्ने क्रममा रहेको उल्लेख गर्दै प्रदेशसभाले गर्ने निर्णय पछिका लागि नजिर हुने हुँदा राम्रा निर्णय गर्न सुझाव दिनुभयो ।
प्रदेशसभा उपसभामुख सिर्जना शर्माले यसबीचमा प्रदेश सभाबाट विभिन्न महत्वपूर्ण काम सम्पन्न भएको बताउनुभयो । प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेल र कम्प्युटर अधिकृत रविन्द्र घिमिरेले प्रदेशसभाका गतिविधिबारे जानकारी गराउनुभयो । प्रदेशसभा सचिवालयले तयार गरेको स्मारिका मुख्यमन्त्री पोखरेल, सभामुख अधिकारी, उपसभामुख शर्माले सामूहिक रुपमा विमोचन गर्नुभयो ।