
१राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४चुनावी मैदानमा विप्लव
५राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१२रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
गण्डकी, २२ माघ । गण्डकी प्रदेशसभाले आफ्नो चौथो वार्षिकोत्सव भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । कोरोना महामारीका कारण प्रदेशसभा सचिवालयले वार्षिकोत्सवलाई भर्चुअल माध्यमबाट सम्पन्न गरेको हो ।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गण्डकी प्रदेश नेपालको मध्यभागमा परेको र नेपालको राज्य एकीकरण पनि यहीँबाट सुरु भएको जनाउँदै यहाँ गरिने जुनसुकै निर्णयले समग्र राष्ट्रमा नै महत्वपूर्ण प्रभाव पार्ने बताउनुभयो । विकासका निम्ति सधँै आकांक्षी हुनुपर्ने उल्लेख गर्दै उहाँले सङ्घीयताको मर्म र भावनाअनुसार अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । केन्द्रमुखी प्रवृत्ति अझै पनि कायम रहेको जनाउँदै पूर्वप्रधानमन्त्री भट्टराईले प्राप्त अधिकारलाई कार्यान्वयन गरी प्रयोग गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले देशमा तीन तहका सरकार गठनले राज्यले जनतासम्म पुग्ने आधार फराकिलो बनाएको बताउनुभयो । केन्द्रमा मात्र निर्भर हुने अवस्था कम हुँदै गएपछि नागरिकका चाहना पनि बढेको र सरकारप्रतिको आशा तथा भरोसा बढेको उहाँले बताउनुभयो । चारवर्षे अवधि महत्वपूर्ण भए पनि अझ धेरै काम गर्न बाँकी रहेको र परिवर्तनका उपलब्धिलाई संस्थागत गर्न सबै दलहरू दलीय स्वार्थबाट माथि उठ्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले प्रदेशलाई सबै किसिमबाट पहिलो प्रदेशका रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो । प्रदेशसभा गठनको यस अवधिमा महत्वपूर्ण उपलब्धि हासिल भएको जनाउँदै उहाँले यसको कार्यान्वयनका लागि लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले देश सङ्घीय पद्धतिमा गइसकेपछिका चार वर्षमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो । गण्डकी प्रदेशमा समझदारीपूर्ण तवरबाट नामाकरण, राजधानी जस्ता विषय टुङ्गिएको जनाउँदै उहाँले पारित ऐन कानुनलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । प्रदेशमा सत्तापक्ष र प्रतिपक्षबीच समन्वय तथा समझदारीका साथ अघि बढिएको उहाँले बताउनुभयो । प्रदेशसभाको बाँकी एक वर्षमा पनि महत्वपूर्ण विधेयक पारित हुने उहाँले जनाउनुभयो ।
संविधानसभा सदस्य विनोद चौधरीले प्रदेशसभा गठनका यस अवधिमा धेरै महत्वपूर्ण उपलब्धि हासिल भएको धारणा राख्नुभयो । संविधानसभा सदस्य एवं प्रतिनिधिसभा सदस्य देव गुरुङले सङ्घीयताको मर्मअनुसार जनतालाई अधिकतम सेवा सुविधा दिने गरी लाग्नुपर्नेमा जोड दिनुभयो ।
संविधानसभा सदस्य डा भीष्म अधिकारीले सङ्घीयताको परीक्षण कालमा रहेको उल्लेख गर्दै यसबीचमा बनेका कानुनको कार्यान्वयनको अवस्था एवं आगामी दिनमा बन्ने कानुनबारे छलफल गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
संविधानसभा सदस्य अमृता थापाले संविधानको मर्मअनुसार प्रदेशसभा नयाँ संरचनाका रुपमा स्थापित बनेको जनाउँदै सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहको समन्वयात्मक व्यवहार आवश्यक भएकामा जोड दिनुभयो । संविधानसभा सदस्य एकनाथ ढकालले परिवर्तनलाई संस्थागत गर्ने क्रममा रहेको उल्लेख गर्दै प्रदेशसभाले गर्ने निर्णय पछिका लागि नजिर हुने हुँदा राम्रा निर्णय गर्न सुझाव दिनुभयो ।
प्रदेशसभा उपसभामुख सिर्जना शर्माले यसबीचमा प्रदेश सभाबाट विभिन्न महत्वपूर्ण काम सम्पन्न भएको बताउनुभयो । प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेल र कम्प्युटर अधिकृत रविन्द्र घिमिरेले प्रदेशसभाका गतिविधिबारे जानकारी गराउनुभयो । प्रदेशसभा सचिवालयले तयार गरेको स्मारिका मुख्यमन्त्री पोखरेल, सभामुख अधिकारी, उपसभामुख शर्माले सामूहिक रुपमा विमोचन गर्नुभयो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने