
१विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
३छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
४सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
५बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
६शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
९पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१०स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्व–पश्चिम राजमार्ग केन्द्रित आन्दोलन स्थगित गरेको छ ।
सो पार्टीको शुक्रबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बिहीबार रातिदेखि सुरु भएको वर्षा एक सातासम्म रहने भन्दै राजमार्ग केन्द्रित आन्दोलन रोकेर पालिक केन्द्रित गर्ने निर्णय गरेको पार्टीका महासचिव श्रीचन्दन सिंहले जानकारी दिए ।
मौसमको प्रतिकुलतामा यात्रुको विचल्ली हुने भन्दै राजमार्ग केन्द्रित आन्दोलनलाई रोकेर मौसमले साथ दिएअनुसार गाउँपालिका/नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्ने सो पार्टीले निर्णय गरेको छ ।
जनमत पार्टीको निर्णय :
१. २०७८ माघ २ गतेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट माघ २० गतेसम्मको लागि किसान आन्दोलनका विभिन्न कार्यक्रमहरू तय भएकोमा सो आन्दोलनका कार्यक्रमहरूलाई भव्यताका साथ सम्पन्न गरेकोमा हामी हृदयदेखि सम्पूर्ण नेता, कार्यकर्ता, स्वयंसेवक तथा आमजनतालाई धन्यवाद दिन चाहन्छौं।
२. २०७८ माघ २० गते रातीबाट नेपालमा आँधीबेरी, असिना र वर्षासहित मौसम अतिप्रतिकूल हुनआएको र यस्तो मौसम करीब एक सप्ताह लम्बिने पूर्वानुमान रहेकाले लोकमार्ग केन्द्रित कार्यक्रमको सट्टामा मौसमले साथ दिए अनुसार गाउँपालिका÷नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्नहुन अनुरोध छ। त्यस अन्तर्गत किसानहरूसँग अन्तरक्रिया तथा छलफल गर्ने र अरू पार्टी तथा संघसंगठनबाट समर्थन लिने खालका कार्यक्रमहरू गर्न हन अनुरोध छ।
३. मौसममा सुधार भएपछि २०७८ फागुन १ गतेदेखि आन्दोलनको कार्यतालिका अर्को बैठकबाट निर्णय गरिनेछ।
४. किसान आन्दोलनमा समर्थन तथा एकबद्धता जनाई सहयोग गर्नुहुने सबै संघ–संगठन, स्थानीय तह तथा विभिन्न पार्टीका नेताहरूमा हामी हार्दिक आभार प्रकट गर्दछौं।
