News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

मूल्यवृद्धिको विरोधमा पोखरामा अखिल (क्रान्तिकारी)को प्रदर्शन

पोखरा, २० माघ । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले पोखरामा बुधबार मसाल जुलुशसहित प्रदर्शन गरेको छ । सरकारले जनतामारा निर्णय गरेको भन्दै तत्कालै यो पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै देशव्यापी रुपमा अखिल (क्रान्तिकारी)ले विरोध प्रदर्शन गरेको हो ।

नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर १४२ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन–तीन रुपैयाँ वृद्धि गरेको छ । आन्तरिक हवाई इनधनको प्रतिकिलोलिटर सय डलरले बढाएर एकहजार ९५ डलर निर्धारण गरेको छ । यो मूल्य इतिहास कैं महँगो हो । यसअघि ३० फागुन २०७० मा कायम पेट्रोलको मूल्य मंगलबारसम्म सबैभन्दा बढी थियो । त्यतिबेला १४० रुपैयाँ पुगेको थियो ।