News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार समाचार

कैलालीको एक होटलमा युवा मृत फेला

कैलाली। एक होटलमा बस्दै आएका युवा मृत फेला परेका छन् । गौरीगंगा नगरपालिका राजीपुरमा रहेको एक होटलमा घोडाघोडी नगरपालिका वडा नम्बर १ का करिब ३५ वर्षका साधन डान मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उनलाई कोठाभित्र खाटमा घोप्टो परेको अवस्थामा फेला पारिएको जनाएको छ । उनी माघ ३ गतेदेखि उक्त होटलमा बस्दै आएका थिए । मृत्युको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए।