
१ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
३‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
४छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
५सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
६बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
७शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
१०पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
११स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेका छन्। जिल्लामा कोभिड-१९ संक्रमण, शित लहरको अवस्थालगायत बारेमा खाणले सिडिओहरूलाई फोन गरेर जानकारी लिएका हुन्।
खाणले शनिबार बिहान फोन गरी सिडिओहरूलाई सितलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा र दाउरा वितरणबारे पनि सोधेका थिए।
सरकारले गत मंसिर १ गते रकम खर्च गर्ने अख्तियारीसहित तराईमा शितलहरबाट बच्न र हिमालमा हिमपातबाट बच्न न्यानो कपडा वितरणका लागि निर्देशन पठाएको थियो। त्यो निर्देशनको कतिको कार्यान्वयन भयो भनेर मन्त्री खाणले जानकारी लिएका थिए।
ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले गृहमन्त्री खाणले टेलिफोनमा जिल्लामा कोभिड संक्रमणको अवस्था, रोक्नका लागि खोप लगाउने कार्य, आइसोलेसन, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणको अवस्थाबारे जानकारी लिएको बताए।
त्यस्तै, सीमा नाकाबाट आउने नागरिकमा कोभिडको संक्रमणबारे पनि मन्त्री खाणले जानकारी लिएका थिए। इलामका प्रजिअ माधवप्रसाद ढुंगानाले सीमाबाट आएका नागरिकमा कोभिडको संक्रमणको अवस्था, निको हुनेहरूको दर, विद्यालय सञ्चालनबारेको अवस्था कस्तो छ भनेर मन्त्री खाणले जानकारी लिएको बताए।
गोरखा र रसुवाका प्रजिअलेले हिमपातबाट बच्न नागरिकलाई न्यानो कपडा वितरण, कोभिड संक्रमणको अवस्था र शान्ति सुरक्षाको अवस्थाबारे गृहमन्त्रीले टेलिफोनबाट जानकारी लिएको बताए।