News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । बुधबार भएको मतगणनामा नेकपा माओवादी केन्द्रका सुरेशबहादुर आले मगर र भुवन र नेपाली कांग्रेसकी कमला पन्त निर्वाचित भएका हुन् । आलेले ३,०९६, सुनारले ३०८४ र पन्तले ३०८४ मतभार पाएका छन् ।

यस्तै उता लुम्बिनीको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । लुम्बिनीमा तीन रिक्त पदमा एमालेका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट खु्ल्ला सदस्यमा नेपाली कांग्रेसका युवराज शर्मा, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र दलित सदस्यमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिश्वकर्मा निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

शर्माले ४३४४ मतभार प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामदयाल गुप्ताले ३३७८ मतभार पाए । त्यस्तै महिलातर्फकी उम्मेदवार गैरेले ४,३७४ र उनकी प्रतिद्वन्द्वी एमालेकी भारती खनालले ३,३१२ मतभार प्राप्त गरेकी छन् ।

दलिततर्फ विश्वकर्माले ४३५६ मतभार र प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर सुनारले ३३४८ मत प्राप्त गरेका छन् । निर्वाचनमा प्रदेश सभा सदस्य एक बराबर ४८ र स्थानीय तह तर्फ एक सदस्य बराबर १८ मतभार तोकिएको छ ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कुल २९६ मतदातामध्ये २९४ मत खसेको थियो । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१३ मत र प्रदेशसभा सदस्यको ८१ खसेको थियो । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजे सुरु भएर ३ बजे सकिएको थियो ।

डनन्यूज ट्रेन्डिङ