
१ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
३‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
४छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
५सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
६बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
७शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
१०पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
११स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
काठमाडौं । दुई महिना लामो उपचारपछि नेपाल फर्किएका नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन मंगलबार बिहानै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् ।
नेता पुनका सहयोगी सन्तोष पुनका अनुसार मंगलबार बिहानै पत्नी पूर्वसभामुख ओनसरी घर्तीमगरसहित पुन खुमलटार पुगेका हुन् । सोमबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनले आफ्नो दाबी पार्टी महासचिवमा रहेको उल्लेख गरेका थिए ।
खुमलटार पुगेका नेता पुनलाई अध्यक्ष प्रचण्डले निवासमा स्वागत गर्दै पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन्। भर्खरै सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनले अध्यक्ष र केन्द्रीय समिति चयन गरे पनि पदाधिकारी चयन गर्न सकेको छैन ।
माओवादीभित्र अध्यक्षपछि कार्यकारी मानिएको महासचिव पदमा जनार्दन शर्मासँगै नेता पुनले दाबी गरेका छन् । माओवादीमा अहिलेसम्म पदाधिकारी चयन नहुनु र नेता पुन स्वदेश फर्किए लगत्तै महासचिवको दाबेदारी सार्वजनिक गर्नुलाई महत्वका साथ हेरिएको छ ।