News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

सीता दाहाललाई कोरोना संक्रमण पुष्टि, आईसीयूमा उपचार हुँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ ।

हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको छ । ‘उहाँमा अस्ति कोरोना देखियो, स्वास्थ्यमा पनि समस्या देखिएपछि मेडिसिटीमा भर्ना गरिएको छ’, सचिवालय स्रोतले भन्यो।

‘आईसीयूमा उपचाररत उहाँको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।’ केही साताअघि अध्यक्ष प्रचण्डमा पनि कोरोना पुष्टि भएको थियो । प्रचण्ड हाल कोरोनामुक्त भइसकेका छन् ।

डनन्यूज ट्रेन्डिङ