
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
पोखरा, ८ माघ । सिद्धि–सेतुली स्मृति प्रतिष्ठान पोखराद्वारा सञ्चालित ‘आमा सेतुलीमाया शाक्य स्मृति वृत्ति तथा सम्मान’ वेदव्यास ज्येष्ठ नागरिक आश्रम तनहुँलाई अर्पण गरिएको छ ।
महिलामात्रको विशेष सामिप्यतामा समाजका अशक्त, असहाय, विपन्न र बेसहारा ज्येष्ठ नागरिकको स्याहारसम्हारका साथै दिवङ्गत हुँदा पनि महिलाद्वारा दाहसंस्कार गरेर सामाजिक जागरणमा योगदान पु¥याएबापत सो संस्थालाई सम्मान गरिएको हो । साहित्यकार एवं फोटो पत्रकार विश्वरत्न शाक्यको परिवारद्वारा आफ्नो आमाको स्मृतिमा रु १० लाखको अक्षयकोष स्थापना गरी प्रतिष्ठानद्वारा सञ्चालित सो सम्मानको राशि नगद रु एक लाखसहित दोसल्ला र सम्मानपत्र रहेको छ ।
कार्यक्रममा ज्येष्ठ नागरिक एवं वरिष्ठ पत्रकार भूपनिधि पन्तले उक्त सम्मानबाट आश्रमका अध्यक्ष सावित्री श्रेष्ठलाई नगदसहित सम्मानपत्रले सम्मान गर्नुभयो । सोही समारोहमा शाक्य परिवारद्वारा आश्रमको निरन्तरताका लागि स्थापित अक्षयकोषमा जम्मा हुने गरी रु एक लाख बराबरको चेक संस्थालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा विश्वरत्न शाक्यकी धर्मपत्नी बुलु शाक्यले उक्त रकम बरावरको चेक संस्थाका पदाधिकारीलाई हस्तान्तरण गर्नुभएको हो ।
समारोहमा प्रतिष्ठानको विकासमा महत्वपूर्ण योगदान गर्नुहुने संस्थाका कोषाध्यक्ष गोविन्दबहादुर ताम्राकारलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । सोही कार्यक्रममा विश्वरत्न शाक्यको कृति अन्तर्मनका सम्झना पुस्तकको समेत लोकार्पण गरिएको थियो ।
वरिष्ठ पत्रकार पन्तले महिलाको सक्रियतामा समाजमा सामाजिक जागरण ल्याउन सफल आश्रमलाई सम्मान गरेर प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । महिलाको सक्रियतामा समाजका विपन्न एवं असहाय ज्येष्ठ नागरिकको सेवामा समर्पित हुँदै उनीहरुको निधनमा समेत सम्पूर्ण महिलाको सहभागितामा अन्तिम दाहसंस्कार गर्नु महत्वपूर्ण कार्य भएको बताउँदै उहाँले यस्ता अभियानमा सबै पक्षको साथ सहयोग आवश्यक पर्नेमा जोड दिनुभयो ।
सम्मानित संस्थाका अध्यक्ष सवित्री श्रेष्ठले दयनीय आस्थाका बुबाआमाको सहारा बन्ने लक्ष्यका साथ आश्रमको स्थापना गरी सञ्चालन गर्न शुरुका दिनमा चुनौतीपूर्ण भए पनि आजको अवस्थासम्म आइपुग्दा विभिन्न सङ्घसंस्था एवं व्यक्तिको सहयोगले ज्येष्ठ नागरिकको सेवामा समर्पित हुन पाएकामा आफूलाई गर्वको अनुभव भएको जनाउँदै सम्मानले थप प्रेरणा मिलेको धारणा राख्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा अक्षयकोषदाता विश्वरत्न शाक्य, प्रतिभा छनोट समितिका संयोजक प्रमिला तभ्mया, पत्रकार महासङ्घ कास्कीका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ, संस्थाका उपाध्यक्ष हनिफ मियाँ, सचिव इन्द्रकमल मानन्धर, निवर्तमान अध्यक्ष नरेन्द्रमान लालचनलगायतले सम्मानको महत्व तथा गरिमाका विषयमा चर्चा गर्नुभएको थियो ।
प्रतिष्ठानको आठौँ साधारण सभाले पुनः कृष्णप्रसाद बाँस्तोलाको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । दुई वर्षे कार्यकाल रहेको सो प्रतिष्ठानको उपाध्यक्षमा हनिफ मियाँ, सचिव इन्द्रकमल मानन्धर, सहसचिवमा कल्याण पन्त, कोषाध्यक्षमा गोविन्दबहादुर ताम्राकार र सदस्यमा रजनी कार्की, प्रमिला तझ्या, लोकदर्शन कोइराला, श्यामलाल श्रेष्ठ रहनुभएको छ । नवनिर्वाचित कार्य समितिलाई शुक्रबार सोही समारोहमा पदस्थापन गरिएको थियो ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने