
१ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
३‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
४छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
५सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
६बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
७शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
१०पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
११स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
पोखरा, ८ माघ । सिद्धि–सेतुली स्मृति प्रतिष्ठान पोखराद्वारा सञ्चालित ‘आमा सेतुलीमाया शाक्य स्मृति वृत्ति तथा सम्मान’ वेदव्यास ज्येष्ठ नागरिक आश्रम तनहुँलाई अर्पण गरिएको छ ।
महिलामात्रको विशेष सामिप्यतामा समाजका अशक्त, असहाय, विपन्न र बेसहारा ज्येष्ठ नागरिकको स्याहारसम्हारका साथै दिवङ्गत हुँदा पनि महिलाद्वारा दाहसंस्कार गरेर सामाजिक जागरणमा योगदान पु¥याएबापत सो संस्थालाई सम्मान गरिएको हो । साहित्यकार एवं फोटो पत्रकार विश्वरत्न शाक्यको परिवारद्वारा आफ्नो आमाको स्मृतिमा रु १० लाखको अक्षयकोष स्थापना गरी प्रतिष्ठानद्वारा सञ्चालित सो सम्मानको राशि नगद रु एक लाखसहित दोसल्ला र सम्मानपत्र रहेको छ ।
कार्यक्रममा ज्येष्ठ नागरिक एवं वरिष्ठ पत्रकार भूपनिधि पन्तले उक्त सम्मानबाट आश्रमका अध्यक्ष सावित्री श्रेष्ठलाई नगदसहित सम्मानपत्रले सम्मान गर्नुभयो । सोही समारोहमा शाक्य परिवारद्वारा आश्रमको निरन्तरताका लागि स्थापित अक्षयकोषमा जम्मा हुने गरी रु एक लाख बराबरको चेक संस्थालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा विश्वरत्न शाक्यकी धर्मपत्नी बुलु शाक्यले उक्त रकम बरावरको चेक संस्थाका पदाधिकारीलाई हस्तान्तरण गर्नुभएको हो ।
समारोहमा प्रतिष्ठानको विकासमा महत्वपूर्ण योगदान गर्नुहुने संस्थाका कोषाध्यक्ष गोविन्दबहादुर ताम्राकारलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । सोही कार्यक्रममा विश्वरत्न शाक्यको कृति अन्तर्मनका सम्झना पुस्तकको समेत लोकार्पण गरिएको थियो ।
वरिष्ठ पत्रकार पन्तले महिलाको सक्रियतामा समाजमा सामाजिक जागरण ल्याउन सफल आश्रमलाई सम्मान गरेर प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । महिलाको सक्रियतामा समाजका विपन्न एवं असहाय ज्येष्ठ नागरिकको सेवामा समर्पित हुँदै उनीहरुको निधनमा समेत सम्पूर्ण महिलाको सहभागितामा अन्तिम दाहसंस्कार गर्नु महत्वपूर्ण कार्य भएको बताउँदै उहाँले यस्ता अभियानमा सबै पक्षको साथ सहयोग आवश्यक पर्नेमा जोड दिनुभयो ।
सम्मानित संस्थाका अध्यक्ष सवित्री श्रेष्ठले दयनीय आस्थाका बुबाआमाको सहारा बन्ने लक्ष्यका साथ आश्रमको स्थापना गरी सञ्चालन गर्न शुरुका दिनमा चुनौतीपूर्ण भए पनि आजको अवस्थासम्म आइपुग्दा विभिन्न सङ्घसंस्था एवं व्यक्तिको सहयोगले ज्येष्ठ नागरिकको सेवामा समर्पित हुन पाएकामा आफूलाई गर्वको अनुभव भएको जनाउँदै सम्मानले थप प्रेरणा मिलेको धारणा राख्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा अक्षयकोषदाता विश्वरत्न शाक्य, प्रतिभा छनोट समितिका संयोजक प्रमिला तभ्mया, पत्रकार महासङ्घ कास्कीका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ, संस्थाका उपाध्यक्ष हनिफ मियाँ, सचिव इन्द्रकमल मानन्धर, निवर्तमान अध्यक्ष नरेन्द्रमान लालचनलगायतले सम्मानको महत्व तथा गरिमाका विषयमा चर्चा गर्नुभएको थियो ।
प्रतिष्ठानको आठौँ साधारण सभाले पुनः कृष्णप्रसाद बाँस्तोलाको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । दुई वर्षे कार्यकाल रहेको सो प्रतिष्ठानको उपाध्यक्षमा हनिफ मियाँ, सचिव इन्द्रकमल मानन्धर, सहसचिवमा कल्याण पन्त, कोषाध्यक्षमा गोविन्दबहादुर ताम्राकार र सदस्यमा रजनी कार्की, प्रमिला तझ्या, लोकदर्शन कोइराला, श्यामलाल श्रेष्ठ रहनुभएको छ । नवनिर्वाचित कार्य समितिलाई शुक्रबार सोही समारोहमा पदस्थापन गरिएको थियो ।