
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
काठमाडौँ । नेपालमा कोरोना संक्रमण दर बढेसँगै अस्पतालका स्वास्थ्यकर्मी पनि संक्रमित हुन थालेका छन् । केही दिनदेखि काठमाडौँ उपत्यकाका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने संख्या बढ्दै गएको छ ।
कोभिड युनिफाइड अस्पताल वीर अस्पतालमा सोमबारसम्म ७६ जना स्वास्थ्यकर्मी संक्रमित भएर होम आइसोलेशनमा बसेका छन् । अस्पताका उपनिर्देशक डाक्टर प्रज्वल श्रेष्ठका अनुसार स्वास्थ्यकर्मी आफै संक्रमित हुँदा पनि उपचारमा प्रभाव परेको छैन ।
उपचारमा कुनै कमी नहोस् भनेर स्वास्थ तथा जनसंख्या मन्त्रालयको समन्वयनमा करार अवधि तीन महिना थपिएको उनले बताए । जसले गर्दा उपचारमा कमी नआउने उनको दाबी छ ।
यस्तै, वीर अस्पतालमा कोरोना संक्रमणको जानकारी दिनका लागि २४ घण्टा खुला रहने टोल फ्रि नम्बर पनि सुचारु गरिएको छ । पैसा नलाग्ने नम्बर ११३३ मा फोन गरेर सम्पूर्ण कोरोनाको उपचारको बारेमा जानकारी पाउँने उपनिर्देशक श्रेष्ठले बताए ।
‘यदि कोरोना संक्रमण भएर घरमा होम आइसोलेशन बस्ने ठाउँ छैन भने वीर अस्पतालमा आउँनुस हामी उपचार गछौं,’ उनले भने । पहिलो र दोस्रो लहरमा स्वास्थ्य मन्त्रालयले नै यो नम्बर चलाएको थियो ।
त्यस्तै, स्वास्थ्यकर्मी संक्रमित हुने संख्या सबैभन्दा बढी त्रिवि शिक्षण अस्पतालमा रहेको छ । अस्पतालका कोभिड फोकल पर्सन डा. निरज बमकाअनुसार अस्पतालमा विभिन्न वार्डमा कार्यरत सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।
उनका अनुसार जनरल वार्डमा २६ जना, आईसीयू १०, एचडीयूमा १० जना संक्रमित उपचाररत रहेका छन् । स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पतालले मेडिकल आईसीयू सेवा बन्द गरेको डा. बलमे जानकारी दिएका छन् ।
उता, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि ५ जना स्वास्थ्यकर्मी संक्रमित भएको असपतालका सूचना अधिकृत डा. नवराज गौतमलले जानकारी दिए । त्यस्तै, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा ५ जना स्वास्थ्यकर्मीहरु संक्रमित भएको अस्पतालका फोकल पर्सन डा जितेन्द्र श्रेष्ठले जानकारी दिए ।
सरकारी तयारी के छ त यस्तो अवस्थामा ?
संक्रमित स्वास्थ्यकर्मीहरुको होम आइसोलेशन र अस्पतालमा उपचार भइरहेको छ । प्रायः संक्रमितहरुलाई ज्वरो आउने, शरीर घाँटी दुख्ने, रुघाखोकि लगायतका लक्षणहरु देखिएको छ । यसरी स्वास्थ्यकर्मीहरु नै संक्रमित हुन थालेपछि अस्पतालमा स्वास्थ्यकर्मीहरुको अभाव हुने देखिएको छ ।
अस्पतालमका स्वास्थ्यकर्मीहरुको अभाव हुन नदिन सरकारले कदम चालिसकको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी बताएका छन् ।
डा. अधिकारीका अनुसार सरकारले कोरोना संक्रमित बढेसँगै र अस्पतालमा स्वास्थ्यकर्मीहरु संक्रमित हुन थालेपछि स्वास्थ्यकर्मीको अभाव हुन नदिन रिक्त जनशक्तिको व्यवस्थापन एवं करारमा भर्ना भएका स्वास्थ्यकर्मीहरुको म्याद थप भएको बताए ।
उनका अनुसार करारमा भर्ना भएका स्वास्थ्यकर्मी र कर्मचारीको करार अवधि आवश्यकता अनुसार २०७८ माघ महिनादेखि बढीमा तीन महिनासम्म थप्ने व्यवस्था गरिएको छ । सरकारले आइतबारबाट कोरोना नियन्त्रणमा खटिएका फन्टनलाइनरलाई बुस्टर डोज दिने निर्णय गरेको छ ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने