
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
काठमाडौँ । विवादका कारण महोत्तरी क्षेत्र नम्बर ३ को स्थगित भएको अधिवेशनमा पुरानो नै अडान दोहोरिएको छ । संस्थापनइतरका रामचन्द्र पौडेल र विमलेन्द्र निधि प्यानलबीच अधिवेशन गराउन भएको निर्वाचन स्थलको विवादले पुनः अधिवेशनका सम्बन्धमा शंका उत्पन्न भएको हो ।
‘केन्द्रीय महाअधिवेशनमा सहभागी हुन नपाएपछि अधिवेशन नभए पनि हुन्छ भन्ने मनसायले केही नेताहरू अधिवेशन नै हुन नदिने षडयन्त्रमा लागेका छन्’, जिल्ला सचिव शम्भु पाठकले भने । आपसी विवादका कारण क्षेत्रको अधिवेशन स्थगित भएपछि केन्द्रीय महाअधिवेनमा भाग लिन नपाएका नेताहरूमा अहिले ठूलो असन्तुष्टि देखिएको छ ।
निर्वाचन पिपरामा गराउने कि जलेश्वरमा गराउने विवादलाई लिएर सहमति जुटन नसक्दा छलफल निष्कर्षमा पुग्न सकेको छैन । विमलेन्द्र निधि पक्षले निर्वाचन पिपरामा नै गराउनुपर्ने र रामचन्द्र पौडेल पक्षको सुरक्षित वातावरणको लागि भए पनि सदरमुकाम जलेश्वरमा नै निर्वाचन गराउनुपर्ने अडान छ ।
जिल्ला अधिवेशन गराउनुभन्दा पहिला विवादित क्षेत्रीय र वडा अधिबेशन गराउनुपर्ने भन्दै जिल्लाका पूर्व महासचिवसमेत रहेका बजरङ्ग नेपालीले भोकहडताल सुरु गरेका थिए । नेता नेपालीको भोकहडताललाइ मध्यनजर गर्दै नेपाली काँग्रेसले ३ माघभित्र अधिवेशन गराउन निर्देशन दिए पनि नेताहरूको विवादले पुनः समस्या सिर्जना बनिरहेको काँग्रेस जनाएको छ ।
केन्द्रवाट नै निर्वाचनस्थल समेत निर्धारण गरे विवाद सुल्झाएमात्र क्षेत्रीय अधिवेशन सम्पन्न गर्न सकिने नेताहरूको आंकलन छ । तर, केन्द्रबाट अधिवेशनको लागि मिति निर्धारण भए पनि विवादित निर्वाचनस्थलको विषयमा कुनै निर्णय हुन सकेको छैन ।
विवाद सुल्झाउन पटक–पटक नेताहरू छलफलमा बसे पनि दुई पक्षबीचको अडानले अधिवेशन बिथोलिँदै आएको छ । सुरुदेखि नै निधि निकटका नेताहरू मनोज झा, रामु यादव र रागबेन्द्र झाले सभापतिको लागि उम्मेदवारी घोषणा गरेका छन् । मनोज झा र रामु यादव विमलेन्द्र निकट मानिन्छन् भने रागवेन्द्र झा रामचन्द्र पौडेल निकट मानिन्छन ।
क्षेत्रीय अधिवेशन हुन नदिन पूर्व केन्द्रीय सदस्य रामचन्द्र तिवारी लगायतका नेताहरू लागि परेको संस्थापनइतरका निधि पक्षको आरोप छ । पिपरा गाउँपालिकामा नै अधिवेशन गराउनुपर्ने पौडेल पक्षको अडान रहे पनि छलफलकै क्रममा दुई पक्षबीच झडप हुँदा अर्को पक्षले निर्वाचन जलेश्वरमा नै हुनुपर्ने माग राखेका छन् ।
‘हामीभित्र अब एउटै विवाद बाँकी छ कि निर्वाचन स्थल सुरक्षित वातावरणमा होस्’, सचिव पाठकले भने । विवाद कै कारण काँग्रेस महोत्तरीमा क्षेत्र नम्बर ३ र मनरासिस्वा नगरपालिकाको एउटा वडाको अधिवेशन बाँकी छ भने कसैले पनि महाअधिवेशनमा भाग लिन पाएका थिएनन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने