
१पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
२पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
३‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
६जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
७फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
८माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
९जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१०उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
११मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१२सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दोस्रो चरणमा तीन जनाको नाम सिफारिस भएको छ ।
सीईओका लागि परेको कुल ११ आवेदक मध्ये सीईओ नियुक्ति तथा सिफारिस समितिले पहिलो चरणमा पाँच जना छनोट गरेकोमा सो मध्येबाट पनि दोस्रो चरणमा तीन जनालाई छनोट गरेको हो ।
समितिले रमेशकुमार भण्डारी, कृष्णबहादुर कार्की र केशव प्रसाद श्रेष्ठलाई दोस्रो चरणमा छनोट गरेको स्रोतले जनाएको छ । पहिलो चरणमा भण्डारी, कार्की र श्रेष्ठसँगै प्रविन पन्दाक र रमेश घिमिरे छनोटमा परेका थिए ।
दोस्रो चरणमा पन्दाक र घिमिरेलाई आउट गर्दै समितिले भण्डारी, कार्की र श्रेष्ठलाई सीईओका लागि सिफारिस गरेको हो । समितिले सोमबार बिहानै तीन जनाको नाम अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको बताइएको छ । सो मध्येबाट मन्त्रिपरिषद्को बैठकले एक जनालाई सीईओ छनोट गर्नेछ ।
नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । समितिमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल रहेका छन् ।
यसअघिका नेप्सेका सीईओ चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएसँगै पदबाट राजीनामा दिएका दिए । साउदको राजीनामासँगै रिक्त रहन गएको सो पदमा अहिले खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्ति गर्न लागिएको हो ।