News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार समाचार

वीरगञ्जबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १ जनाको मृत्यु, ९ घाइते

दाङ । वीरगञ्जदेखि सुर्खेत जाँदै गरेको बस दाङ देउखुरीको सिसहनियाँमा दुर्घटना हुँदा ९ महिने शिशुको मुत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते शिशुको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार भारतीय नागरिक असिर आलमका छोरा नानु आलमको मृत्यु भएको हो । शिशुको शवलाई कोहलपुर मेडिकल कलेजको शव गृहमा राखिएको छ ।

बसमा सवार ८ जनाभन्दा धेरै घाइते छन् । घाइतेहरुलाई लमहीमा प्राथमिक उपचार गरी थप उपचार गर्न बाँकेको नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा पर्सा जिल्ला वीरगञ्ज उपमहानगरपालिका-१६ का ३५ वर्षीय रतन शाही, रौतहटका ३४ वर्षीय रामविनायक कुर्मी, भारत विहारका ४० वर्षीय सन्सात खातुन, सोही ठाउँ निवासी एन्डिल आलक, सुर्खेतको भेरीगंगाका १७ वर्षीय दिलबहादुर क्षेत्री रहेका छन् ।

त्यस्तै बर्दिया गेरुवा गाउँपालिका-१ का ३८ वर्षीय पूर्णप्रसाद पाण्डे, बाँके कोहलपुर नगरपालिका-१८ का ३५ वर्षीया शान्ता वली, हुम्ला तातोपानी गाउँपालिका-७ का ४५ वर्षीय धनबहादुर रावत र सोही ठाउँ बस्ने वर्ष ५२ का गोरख रावत सामान्य घाइते भएका छन् ।

घाइते सबैको लमही अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले बताएको छ । बसमा २० जना यात्रु सवार थिए । प्रहरीका अनुसार बस अनियन्त्रित भएर २० मिटर तल पुगेको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बस आज बिहान साढे ३ बजेतिर राप्ती गाउँपालिका वडानम्बर- ५ दोलही खोला नजिक दुर्घटना भएको थियो। बस दुर्घटनाको कारण खुलेको छैन । तर तीव्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।