
१चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
२रास्वपा नेता राजु राईले पार्टी छाडे
३बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
४गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
५कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
६धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
७धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
८बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
९बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
१०धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
११पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
१२नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
६चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
७२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
८फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१२बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
काठमाडौँ । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनपछि पार्टीमा नेताहरुमा कोरोना संक्रमण देखिन थालेको छ । कतिपय नेता कार्यकर्ता अस्वस्थ भइ आरामरत रहेको अवस्था छ । माओवादीको पुस ११ देखि १८ गतेसम्म प्रज्ञा भवन कमलादीमा महाधिवेशन चलेको थियो ।
देशभरबाट १७४२ जना प्रतिनिधि सहभागी भएको माओवादीको सोही राष्ट्रिय महाधिवेशन स्वास्थ्यका दृष्टिकोणले महँगो सावित भएको छ । ८ दिनसम्म एउटै हलमा पार्टी अध्यक्ष प्रचण्डको प्रतिवेदन र नेता देव गुरुङको विधान संशोधन प्रस्तावको छलफलदेखि नेतृत्व चयनमा नेताहरु जुटेका थिए ।
महाधिवेशन यस्तो बेलामा थियो कि देशभर कोरोना संक्रमण बढ्दै थियो भने नयाँ भेरियन्ट ओमिक्रोम समेत छिटपुट रुपमा देखिन थालेको थियो । पर्याप्त स्वास्थ्य मापदण्ड पालना हुन नसकेको माओवादीको सोही महाधिवेशनपछि नेताहरुमा धमाधम कोरोना संक्रमण देखिन थालेको छ ।
यहीबीचमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नै कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार साँझ पिसिआर परीक्षण गर्दा प्रचण्डमा कोभिड पोजेटिभ पाइएको उनको निजी सचिवालयले जानकारी दिएको छ । प्रचण्ड अहिले आफ्नै निजी निवासमा होम आइसोलेसनमा छन् । प्रचण्डसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन पनि उनको निजी सचिवालयले भनेको छ । प्रचण्डले दुई दिन अघि देखिनै भेटघाट बन्द गरेका थिए ।
यस्तै अर्का नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना पुष्टि भएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोरोना परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। कम्ती १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापूर्वक अनुरोध गर्दछु ।’
यस्तै केन्द्रीय सदस्य सुवोध श्रीर्पालीलाई पनि कोरोना संक्रमण देखिएको छ भने प्रचण्डकै स्वकीय सचिव रमेश मल्ललाई पनि कोरोना पुष्टि भएको छ । उसो त महाधिवेशनपछि कैयन नेता कार्यकर्ताले स्वास्थ्य ठीक नभएको भन्दै सामाजिक सञ्जालमा लेखेको पाइएको छ ।
यसैबीच माओवादी केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोनाभाइरस संक्रमण भएको छ । मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेल बाहेक केन्द्रीय कार्यालयका सबैलाई कोरोना संक्रमण भएको हो । पुस महिनामा कोरोना संक्रमितको जीन सिक्वेन्सिङ गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तो पृष्ठभूमिमा शुक्रबार नै कोरोनाको बढ्दो संक्रमणका सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) मा छलफल भएको थियो । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे छलफल भएको गृहमन्त्री बालकृष्ण खाणले जानकारी दिए ।
गृहमन्त्री खाणका अनुसार बैठकले कोरोनाको बढ्दो संक्रमणलाई नियन्त्रण र रोकथामका लागि थप सजकता अपनाउने निर्णय गरेको छ । निर्माणाधिन स्वास्थ्य संरचना तुरुन्त बनाउने र बोर्डरबाट भित्रिने नेपालीहरुको पिसिआर र एन्टिजेन टेस्टको दायरा बढाउने गरेर निर्णय भएको उनको भनाइ छ ।
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार