News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भिडियो मनोरञ्जन समाचार

आकाश र जेबिकाको ‘सम्बन्ध’ बाहिरियो (भिडियो)

काठमाडौँ । लामो समय देखि अमेरिकामा रहेर नेपाली भाषा, साहित्य र संगीतमा सक्रिय हिमालयन म्युजिक एकेडेमीमा सिइओ गायक, गीतकार तथा संगीतकार पुष्प गजमेरले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सम्बन्ध’ सार्वजनिक गरेका छन्।

सेण्टिमेण्टल भर्सनको यस गीतमा प्रेम सम्बन्धमा आउने उतार चढावलाई  व्यक्त गरिएको छ।  गायक गजमेरको सन् २०१७मा सार्वजनिक एल्वम ‘आवाज’ भित्र संग्रहित गीतको भिडियो बजारमा आएको हो। यस गीतलाई सुमित बिश्वकर्माले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र जेबिका कार्की बीचको अन्स्क्रिन प्रेमलाई प्रस्तुत गरिएको छ।

शंकल भुजेलले छायांकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन्।  हिमालयन आर्ट्स ल्याङ्ग्वेज एण्ड कल्चरल एकेडमीको प्रस्तुति रहेको यस भिडियोलाई शिशिर खातीको निर्देशनमा तयार पारिएको हो।  शान्ती गजमेर निर्मात्री रहेको यस भिडियोलाई ‘हिमालयन म्युजिक एकेडमी’को आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो।