News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

माओवादी केन्द्रमा केन्द्रीय सदस्य चयनमा सकस, निर्वाचन कार्यक्रम दिउँसोसम्मका लागि स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रले सहमतिमा केन्द्रीय सदस्य चयनका लागि शनिबार तय गरिएको निर्वाचन कार्यक्रम आइतबार दिउँसोसम्मका लागि स्थगित गरेको छ ।

माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले शनिबार रातिका लागि तय गरेको निर्वाचन कार्यक्रमहरु आइतबार दिउँसोदेखि अघि बढ्ने गरी स्थगित गरिएको संयोजक विष्णुपुकार श्रेष्ठले बताए ।

‘शनिबार राति ८ बजेबाट मनोनयन शुरु गर्ने भनेका थियौं । तर, नेताहरुले भोलि दिउँसो १ बजेसम्म सहमतिको प्रयास गर्ने भनेपछि निर्वाचन कार्यतालिक हेरफेर भएको छ’ उनले भने ।

माओवादी केन्दका नेता दलजित श्रीपाइलीका अनुसार सहमतिमा केन्द्रीय सदस्य चयनमा सकस भएकाले निर्वाचन तालिका प्रभावित भएको हो । सबैलाई मिलाएर सहमतिमै केन्द्रीय सदस्य टुंग्याउने गरी स्थायी कमिटीले गृहकार्य गरिरहेको उनले बताए ।

डनन्यूज ट्रेन्डिङ