
१ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
३‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
४छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
५सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
६बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
७शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
१०पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
११स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
काठमाडौं । नेकपा माओवादीको आठौं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदै छ । प्रज्ञा भवन कमलादीमा अहिले प्रतिनिधिहरू प्रवेश गर्ने क्रम जारी छ । ११ बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन ।
प्रज्ञा भवनभित्र प्रवेश गर्ने प्रतिनिधिहरूलाई महाधिवेशनको कार्ड अनिवार्य गरिएको छ । मुख्य प्रवेशद्वारमा खटिएका स्वयंसेवकहरूले आगन्तुकको कार्ड हेरेर मात्रै प्रवेश गर्न दिएका छन् ।
माओवादी अध्यक्ष प्रचण्डको सुरक्षा टोलीका प्रमुख प्रलोक पाण्डे आफैं सन्चारसेट बोकेर प्रज्ञा भवनको गेटमा खटिएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूको टोली फिर्ता गरेपछि वाईसीएलले पाण्डे नेतृत्वको टोली खटाएको थियो ।
महाधिवेशनको व्यवस्थापनमा खटिएका वाईसीएल सहसंयोजक सुवोध शेर्पालीले प्रतिनिधिहरूलाई सहज रुपमा प्रवेशको व्यवस्था मिलाउन स्वयंसेवक टोलीले सहयोग गरिरहेको बताए ।
प्रज्ञा भवनको गेट बाहिर केन्द्रीय कार्यालय पेरिसडाँडाको एक टोली पनि छ । सो टोलीले प्रतिनिधिहरूलाई कार्डको व्यवस्था मिलाएको छ । सुरुमा प्रतिनिधिहरूलाई बाँडिएको ‘राष्ट्रिय सम्मेलन’ लेखिएको कार्ड फिर्ता लिने र ‘राष्ट्रिय महाधिवेशन’ लेखिएको कार्ड वितरण गर्ने काम केन्द्रीय कार्यालयको टोलीले गरेको छ ।
प्रतिनिधिहरू हलमा प्रवेश गरेपछि बन्दसत्र सुरु हुने छ । बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । त्यसपछि प्रतिवेदनमा सामूहिक छलफल सुरु हुनेछ ।