News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

कांग्रेस पदाधिकारीसहितका केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण

काठमाडौँ । कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहितका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई केन्द्रीय निर्वाचित समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका थिए ।

गत मंसिर २४ देखि २८ गतेसम्म काठमाडौंमा सम्पन्न सो महाधिवेशनले सभापतिमा देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारीसहित १३५ जना केन्द्रित सदस्यहरु निर्वाचित गरेको थियो ।

डनन्यूज ट्रेन्डिङ