
१ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
३‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
४छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
५सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
६बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
७शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
१०पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
११स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
जसअनुसार डिला संग्रौलाले सर्वाधिक २८८५ मत पाएकी छन्। खसेको मतमध्ये दोस्रो नम्बरमा पुष्पा भुसालले २७१८ र तेस्रो नम्बरमा आरजु राणा देउवाले २५३६ मत पाएर निर्वाचित भइन्।
यस्तै नौ जना निर्वाचित हुने महिला खुला केन्द्रीय सदस्यतर्फ चौथो स्थानमा अम्बिका बस्नेत २३३९, पाँचौमा ईश्वरी न्यौपाने २२५९, छैठौंमा सरिता प्रसाई २०९६, सातौमा रमा कोइराला पौडेल १८५८ मतसहित विजयी भइन्।
यस्तै सुशीला ढकाल आचार्य १८०८ र रंगमती शाही १७८९ मत ल्याएर विजयी भइन्। मतगणना सकिएपछि निर्वाचन समितिले सोमबार राति अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो।
यसैबीच नेपाली कांग्रेसको अल्पसंख्यक खुला तर्फको केन्द्रीय सदस्यमा प्रदीप कुमार सुनुवार निर्वाचित भएका छन्। नेपाली कांग्रेसको विधानअनुसार केन्द्रीय सदस्य अल्पसंख्यक खुलामा एक जना निर्वाचित हुने व्यवस्था छ। सो पदमा पाँच जनाले उम्मेदवारी दिएका थिए ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार २१७१ मत प्राप्त गर्दै शेरबहादुर देउवा समूहका सुनुवार निर्वाचित भएका छन्।
दोस्रो स्थानमा रहेका टीकाराम सुब्बा लेप्चाले १०२३ मत पाए। तेस्रो स्थानमा रहेका हरिबहादुर घलेले ६०९, ओमप्रकाश शर्मा मारवाडीले ५३६ र प्रेम बहादुर छन्त्यालले २०६ मत पाएको निर्वाचन समितिले जानकारी दिएको छ। कुल खसेको ४६३५ मतमध्ये ९० मत बदर भएको थियो।