
१सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
३विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
६सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
७बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
८शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
९‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१०पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
११पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत अहिले केन्द्रीय सदस्यहरूको मतगणना भइरहेको छ। आइतबार खुलातर्फमा ३५ जना केन्द्रीय सदस्यको टुंगो लागेको छ। खुला केन्द्रीय सदस्यमा निर्वाचित सबै जना पुरूष छन्।
खुलामा कांग्रेस केन्द्रीय सदस्य बन्न ९९ जनाले उम्मेदवारी दिएका थिए। खुलामा उम्मेदवारी दिने सबै पुरूष थिए। खुलामा सबै पुरूषले जिते पनि कांग्रेस केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित छ।
त्यसका लागि विभिन्न क्लस्टरमा महिलाको सहभागिता सुनिश्चित गरिएको छ। खुला महिलातर्फ ९ जना केन्द्रीय सदस्य हुन्छन्। ९ जनाका लागि ३० जना उम्मेदवार छन्। सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणा पनि खुला महिलातर्फ उम्मेदवार बनेकी छन्।
हरेक प्रदेशमा पनि महिलाको सहभागिता निश्चित गरिएको छ। हरेक प्रदेशबाट १ जना महिलाका दरले सात प्रदेशबाट ७ जना महिला केन्द्रीय समितिमा आउँछन्।
क्लस्टरअनुसार दलिततर्फ ४, आदिवासी/जनजातितर्फ ७, खसआर्यतर्फ ६, मधेसीतर्फ ४, मुस्लिमतर्फ १, थारूतर्फ २ जना महिला केन्द्रीय सदस्य हुन्छन्।
कांग्रेसमा १२१ जना केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित हुन्छन्। तीमध्ये ४० जना महिला हुन्छन्। अर्थात् ३३ प्रतिशतभन्दा बढी महिला निर्वाचन जितेर कांग्रेस केन्द्रीय समितिमा आउँछन्।
कांग्रेस विधानले ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने व्यवस्था गरेको छ। मनोनित गर्दा पनि समावेशी सिद्धान्तअनुसार गर्नुपर्छ। ३३ जना मनोनित गर्दा कम्तीमा ३३ प्रतिशत महिला हुनैपर्छ।
कांग्रेसको १३ सदस्यीय पदाधिकारीमा महिलाको सहभागी निकै कम छ। सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ बाहेक अरू सबै पदाधिकारी पुरूष छन्। डिनाले महिलातर्फको सहमहामन्त्री जितेकी हुन्।
१४ औं महाधिवेशनमा उपसभापतिमा सुजाता कोइरालाले उम्मेदवारी दिए पनि उनी पराजित भएकी छन्।