
१सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
३विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
६सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
७बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
८शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
९‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१०पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
११पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
काठमाडाै । नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ र बागमती प्रदेशमा सहमतिको माध्यममार्फत नेतृत्व चयन गर्न असफल बनेको छ । केन्द्रको
नीतिअनुसार नै सबै प्रदेशमा सहमतिको माध्यमबाट नेतृत्व चयन गर्ने प्रयास हुँदै आए पनि कसैको नाममा सहमति जुट्न नसक्दा चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति हुन नसकेपछि चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । माओवादी स्रोतका अनुसार नेतृत्व चयन हुन नसकेका प्रदेश नम्बर १ र बागमतीमा चुनावी प्रक्रियाबाटै नेतृत्व चयन गर्न प्रचण्डले निर्देशन दिएका हुन् ।
माओवादी केन्द्र, प्रदेश १ को अध्यक्षसहित पदाधिकारीका आकांक्षी धेरै हुँदा अहिलेसम्म अध्यक्षसहित पदाधिकारीको टुंगो लाग्न सकेको थिएन । मोरङको विराटचोकमा गत मंसिर २५ र २६ गते सम्पन्न प्रदेश १ को प्रथम अधिवेशनले २७१ सदस्यीय कार्यसमिति चयन गरे पनि पदाधिकारी चयनलाई थाँती राखेको थियो ।
आकांक्षीहरु बढेका र सहमति जुटाउन नसकेको अवस्थामा पदाधिकारीबिना नै प्रदेश कमिटी चयन गरिएको थियो । त्यसपछि सहमतिको प्रयास भए पनि आकांक्षीहरु पछि नहट्दा समस्या ज्युँकोत्यू रहेको थियो ।
सुरुमा प्रदेश १ को अध्यक्षमा केन्द्रीय सदस्यहरू सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारीले दाबेदारी प्रस्तुत गरेका थिए । तर, सहमति जुट्न नसकेपछि अन्तिम अवस्थामा तीनैजना आफ्नो दाबेदारीबाट पछि हटेका थिए ।
अहिले आएर माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा ६ जनाले दाबी गरेका छन् । पाँचथरका हर्कबहादुर लावती, सुनसरीका शिवकुमार डाँगी र मुक्साहाङ मेन्याङ्बो, उदयपुरका मोहनबहादुर खत्री, झापाका मणिकुमार साम्पाङ र विराटनगरका हेम कार्कीले प्रदेश अध्यक्षमा दाबी गरेका छन् ।
यता बागमती प्रदेशमा पनि २७१ सदस्यीय कार्यसमिति चयन गरिएको भनिए पनि अध्यक्षसहितको पदाधिकारी टुंगो लाग्न सकेको छैन । सदस्यमा पनि सबैलाई समेट्न नसकिएको भन्दै असन्तुष्टिका स्वरहरु सुनिएका छन् । मंसिर २५ मा माओवादी केन्द्र बागमती प्रदेशको अधिवेशन काठमाडौंमा भएको थियो ।
बागमतीको अध्यक्षको दौडमा काभ्रेका दीनानाथ गौतम, सिन्धुपाल्चोकका सरल सहयात्री, नुवाकोटका हिरानाथ खतिवडा, डीपी ढकाललगायत रहेका छन् । यसअघि दोलखाका विशाल खड्का पनि अध्यक्षको दौडमा रहेकामा उनी बागमती प्रदेशको मन्त्री बनेपछि उनी सो दौडबाट बाहिर रहेको बताइएको छ ।
यी प्रदेशबाहेक प्रदेश २ मा पनि नेतृत्व चयन गर्न सकस परेको थियो । तर, अहिले प्रदेश कमिटीको टुंगो लगाएर पछि नेतृत्व घोषणा गर्नेगरी लालबन्दीको बन्दसत्रबाट आइतबार टुंगो लागेको नेताहरुले बताएका छन् ।
उसो त अन्य प्रदेशमा पनि नेतृत्वको विषयमा निकै रस्साकस्सी परेको भए पनि अन्तिम समयमा आएर सहमति जुटाइएको थियो । केन्द्रको निर्देशनसँगै निर्वाचन कमिटीले अब निर्वाचन प्रक्रिया अघि बढाउने माओवादीका एक नेताले बताए ।