News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

एमालेविनै बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक

काठमाडौँ । संसदको गतिरोध अन्त्य र एमसीसी लगायतका बिषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाहेक संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेताको सहभागिता छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

उनका अनुसार बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी तथा राष्ट्रिय जनमोर्चा र राप्रपाका नेताहरुको सहभागिता रहेको छ । सर्वदलीय बैठकअघि केहीबेर सत्ता गठबन्धनको बैठक बालुवाटारमै बसेको थियो ।