News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

कांग्रेस केन्द्रीय सदस्यहरुको ताजा मत गणना अपडेट: को-को परे ३५ भित्र ?

काठमाडौं । शनिबारदेखि सुरु भएको नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना जारी छ । ३५ जना खुला केन्द्रीय सदस्य निर्वाचित गर्न भएकोमा निर्वाचनमा हालसमम २३९३ मत गणना भएको छ ।

सार्वजनिक भएको मत परिणाम अनुसार सुरुदेखि नै पूर्वमहामन्त्रीसमेत रहेका डाक्टर शशांक कोइराला १९७१ मतका साथ पहिलो स्थानमा छन् । १५३८ मतका साथ एनपी साउँद दोस्रो स्थानमा छन् भने तेस्रो स्थानका बालकृष्ण खाँणले १५०३ मत पाएका छन् ।

यस्तै रमेश लेखक १४५१ र उदयशमशेर राणा १४४५ मतका साथ चौथो र पाँचौ स्थानमा रहेका छन् । ३५ भित्र नेपाल विद्यार्थी संघका नेताहरू कुन्दन काफ्ले, राजीव ढुंगानाका साथै राप्रपाबाट आएका सुनिल थापासमेत परेका छन् । गणेश लामा भने ३६औं स्थानमा झरेका छन् ।

३५ खुला सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा छन् । २३९३ मत गन्दा ३५ जना भित्र पर्ने डा.शशांक कोइराला-१९७१, एनपी साउद-१५३८, बालकृष्ण खाँण-१५०७, रमेश लेखक-१४५१, उदय शमशेर राणा -१४४५, शंकर भण्डारी-१४३७, ज्ञानेन्द्रबहादुर कार्की-१४२३, रामहरि खतिवडा-१३९५, अर्जुननरसिंह केसी- १३८३, गोपालमान श्रेष्ठले १३२३ प्राप्त गरेका छन् ।

यस्तै जिप छिरिङ्ग लामा-१३१२, जीतजङ्ग बस्नेत-१२८३, नैनसिंह महर-१२८३, डा.रामशरण महत-१२८१, गोविन्द भट्टराई-१२७७, सुनिलबहादुर थापा-१२४६, बल बहादुर केसी-१२३३, दिलेन्द्र प्रसाद बडू-१२३१, मोहनबहादुर बस्नेत-१२०२, दीपक गिरी-११७४, सुरेन्द्रराज पाण्डे-११५१, कुन्दनराज काफ्ले-११४३, पद्मनारायण चौधरी-११३७ र गुरु बरालले १०३६ मत प्राप्त गरेका छन् ।

यस्तै सञ्जयकुमार गौतम-१००१, गोविन्द राज पोखरेल-९६२, गोपाल दहित-९३१, राजीव ढुंगाना-९३५, कृष्णकिशोर घिमिरे ९२९, दिनेश कोइराला -९२५, वीरेन्द्रकुमार कनौडिया-९१९, ई. मोहन आचार्य-९१३, अजयबाबु शिवाकोटी- ९०९, मदनबहादुर अमात्यले ९०८ र उमेशजंग रायमाझीले ८९१ प्राप्त गरेका छन् ।

डनन्यूज ट्रेन्डिङ