
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१०रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
११गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१२फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
काठमाडौं । सभापतिमा पराजित नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हिमाल, पहाड, तराई-मधेसका जनताको घरदैलोमा जाने घोषणा गरेका छन्।
सभापतिमा शेरबहादुर देउवासँग पराजित भएपछि कोइरालाले पार्टी रूपान्तरणको अभियान जारी रहने बताएका थिए। कोइरालाले शुक्रबार विज्ञप्ति जारी गरी पार्टी रूपान्तरणको लडाइँ सहज नभएको र देउवासँग मात्रै प्रतिस्पर्धा नगरिएको बताएका छन्।
‘हामी वर्तमान सभापति शेरबहादुर देउवासँग मात्र प्रतिस्पर्धा गरिरहेका थिएनौं। पार्टीभित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रवृत्ति, गलत संस्कृति र संस्कारको विरूद्ध लडिरहेका थियौं,’ कोइरालाले विज्ञप्तिमा भनेका छन्।
उनले पार्टीभित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधान विपरीत हुने निर्णयविरूद्ध पनि लडाइँ लडेको बताएका छन्। ‘पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्नको लागि राजनीतिक सिद्धान्त थियो।
हामीसँग ऊर्जावान युवाहरूको समूह थियो। पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामीविरूद्ध भयो, तर पनि हामी लड्यौं र राजनीति जित्यौं,’ उनले भनेका छन्। पार्टीको १४औं महाधिवेशनको प्रतिस्पर्धा पार्टीभित्र यथास्थितिवादी र परिवर्तनकारीबीच भएको उनले बताएका छन्।
‘हामी परिवर्तनकारी शक्ति थियौं। हामीसँग निष्ठावान कार्यकर्ताहरूको भरोसा र विश्वास थियो,’ उनले भने। कोइराला महाधिवेशनबाट आउने परिणामले कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश दिएको बताएका छन्।
कोइरालाले प्रतिनिधिहरूलाई धन्यवाद दिएका छन्। महाधिवेशनको मत परिणामपछिका दिन राष्ट्रिय निर्वाचनको चहलपहल सुरू हुने र कांग्रेसलाई एकढिक्का बनाएर एक नम्बरको पार्टी बनाउन सकिने बताएका छन्। कोइरालाले आफू हारे पनि लोकतन्त्रवादीहरूको मन जित्न सफल भएको बताएका छन्।
‘मलाई प्राप्त मतले कांग्रेस सुधारको प्रक्रियालाई अगाडि बढाउने थप जिम्मेवारी मेरो काँधमा आएको छ। मलाई प्रतिनिधि साथीहरूबाट प्राप्त ४० प्रतिशत मतले भावविभोर भएको छु,’ उनले भने, ‘म लगायत मेरो टिम विश्वास दिलाउन चाहन्छ, हामी निरन्तर पार्टीलाई सुधार, नीतिमुखी र परिवर्तनकारी शक्तिको रुपमा सञ्चालन गर्न जागृत रहने छौं।’

१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग