News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

यी हुन् कांग्रेसमा अहिलेसम्म निर्वाचित पदाधिकारी, कसले कति मत पाए ? कुन प्यानल अगाडि

काठमाडौं । राजधानीमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट हालसम्म ८ जना पदाधिकारी निर्वाचित भइसकेका छन्। शुक्रबार बिहनासम्म सभापति, २ उपसभापति , २ महामन्त्री र ८ मध्ये ३ सहमहामन्त्री विजयी भइसकेका हुन्। अब ५ सहमहामन्त्रीको नतिजा आउन बाँकी छ।

हालसम्मको नतिजाअनुसार सभापतिमा शेरबहादुर देउवाले दोस्रो चरणमा शेखर कोइरालालाई हराउँदै बाजी मारे। उपउपसभापतिमा देउवा प्यानलकै पूर्णबहादुर खड्का र कोइराला प्यानलका धनराज गुरूङ विजयी भएका छन्।

यस्तै महामन्त्रीमा कोइराला पक्षका गगन थापा र प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा विजयी भए। यस्तै महिला सहमहामन्त्रीमा देउवा पक्षकी महालक्ष्मी ‘डिना’ उपाध्याय र आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भए।

दलितसहमहामन्त्रीमा शेखर समूहका जीवन परियार विजयी भए। अब पाँच सहमहामन्त्री र १२१ केन्द्रीय सदस्यको नतिजा आउन बाँकी छ। सहमहामन्त्रीकोे टुंगोपछि कांग्रेसमा केन्द्रीय सदस्यको मत गणना सुरु हुनेछ।

डनन्यूज ट्रेन्डिङ