News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

१५४७ माध्यमिक शिक्षकको जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तहका लागि एक हजार ५ सय ४७ शिक्षक माग गरेको छ । नेपाली विषयका लागि २३१, अंग्रेजी ३१२, गणित २८९, विज्ञान ४३५, सामाजिक २०१, अर्थशास्त्र १०, लेखा ५१, शिक्षा १, स्वास्थ्य २, संस्कृत ३, कम्प्युटर ६, शुक्लयजुर्वेद २, संस्कृत व्याकरणमा २, संस्कृत साहित्य १ र न्याय विषयका लागि एक जना शिक्षक माग भएको हो ।

नयाँ पदपूर्तिका लागि आयोगले भोलिदेखि दरखास्त दिन सकिने जनाएको हो । परीक्षा आवेदन फारम पुस १ देखि २९ गतेसम्म भरिसक्नुपर्ने छ । दोब्बर दस्तुर तिरेर माघ ६ गतेसम्म आवेदन दिन सकिने छ ।

परीक्षा आवेदन अनलाइनमार्फत भर्ने व्यवस्था गरिएको छ । पहिलो चरणको लिखित परीक्षा चैत १५ गते सञ्चालन हुने आयोगले जनाएको छ ।

हेर्नुहोस् विज्ञापनसहित