
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१०रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
११गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१२फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले सम्पूर्ण रूपले राष्ट्रहितविरुद्ध रहेको एमसीसीलाई संसद्मा दर्ता नगर्न चेतावनी दिएका छन् । साथै उनले सङ्घीय संसद्का सभामुख, राजनीतिक नेतृत्व र सम्बद्ध सबै निकायलाई पनि एमसीसी पास नगर्न विशेष आग्रह गरेका छन् ।
मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले विभिन्न राजनीतिक पार्टीमा आबद्ध देशभक्त नेता र व्यवस्थापिका संसद् सदस्यहरूलाई पनि एमसीसीविरुद्ध आआफ्नो स्थानबाट सङ्घर्ष गर्न आग्रह गरेका छन् ।
राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध राष्ट्रिय स्वाधीनताका पक्षमा आफ्नो पार्टीसहित विभिन्न राजनीतिक पार्टी र मोर्चाहरूद्वारा आज सम्पन्न संसद् भवन घेराउ, जिल्ला बन्दलगायत देशव्यापी भएका कार्यक्रमहरूमा काठमाडौँको शान्तिपूर्ण घेराउ आन्दोलन र चितवन जिल्ला बन्दका क्रममा राज्यद्वारा गरिएको दमनप्रति उनले घोर भत्र्सना समेत गरेका छन् ।
‘राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध राष्ट्रिय स्वाधीनताका पक्षमा हाम्रो पार्टीसहित विभिन्न राजनीतिक पार्टी र मोर्चाहरूद्वारा आज सम्पन्न संसद् भवन घेराउ, जिल्ला बन्दलगायत देशव्यापी भएका कार्यक्रमहरूमा काठमाडौँको शान्तिपूर्ण घेराउ आन्दोलन र चितवन जिल्ला बन्दका क्रममा राज्यद्वारा गरिएको दमनप्रति हाम्रो पार्टी घोर भत्र्सना गर्दछ ।’विप्लवले विज्ञप्तिमा भनेका छन् ।
उनले आन्दोलनका क्रममा घाइते भएका पार्टी केन्द्रीय सचिवालय सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड, प्रेम, प्रकाश, वैज्ञानिक समाजवादी पार्टीका संयोजक आहुतीलगायत सबै राजनीतिक पार्टीका नेता–कार्यकर्ता, पेसाकर्मी र सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । त्यस्तै गिरफ्तार गरिएका सम्पूर्ण नेता–कार्यकर्ताहरूको तुरुन्त रिहा गर्न माग गरेका छन् ।
‘आन्दोलनका क्रममा घाइते हुनुभएका हाम्रो पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा पार्टी प्रवक्ता क. प्रकाण्ड, क. प्रेम, प्रकाश, वैज्ञानिक समाजवादी पार्टीका संयोजक क. आहुतीलगायत सबै राजनीतिक पार्टीका नेता–कार्यकर्ता, पेसाकर्मी र सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । गिरफ्तार गरिएका सम्पूर्ण नेता–कार्यकर्ताहरूको तुरुन्त रिहाइको माग गर्दछौँ । ’विज्ञप्तिमा भनिएको छ ।
विप्लवले सरकारी दमनको डटेर सामना गर्दै राष्ट्रिय स्वाधीनताका लागि आन्दोलनमा नेतृत्व गर्नुहुने सबै राजनीतिक पार्टी, मोर्चा, अभियानका नेतृत्व, राजनीतिक कार्यकर्ता, सञ्चारकर्मी र सम्पूर्ण जनसमुदायप्रति हार्दिक धन्यवाद व्यक्त समेत गरेका छन् । साथै सम्पूर्ण रूपले राष्ट्रहितविरुद्ध रहेको एमसीसीलाई संसद्मा दर्ता नगर्न सङ्घीय संसद्का सभामुख, राजनीतिक नेतृत्व र सम्बद्ध सबै निकायलाई विशेष आग्रह गरेका छन् ।
‘दमनको डटेर सामना गर्दै राष्ट्रिय स्वाधीनताका लागि आन्दोलनमा नेतृत्व गर्नुहुने सबै राजनीतिक पार्टी, मोर्चा, अभियानका नेतृत्व, राजनीतिक कार्यकर्ता, सञ्चारकर्मी र सम्पूर्ण आदरणीय जनसमुदायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । हाम्रो पार्टी सम्पूर्ण रूपले राष्ट्रहितविरुद्ध रहेको एमसीसीलाई संसद्मा दर्ता नगर्न सङ्घीय संसद्का सभामुख, राजनीतिक नेतृत्व र सम्बद्ध सबै निकायलाई विशेष आग्रह गर्दछ । साथै सबै राजनीतिक पार्टीमा आबद्ध देशभक्त नेता र व्यवस्थापिका संसद् सदस्यहरूलाई आफ्नो स्थानबाट सङ्घर्ष गर्न आग्रह गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।
उनले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनताविपरीत हुने भएकाले एमसीसी सम्झौता खारेज गर्न अमेरिकी सरकारसँग आग्रह समेत गरेका छन् । साथै एमसीसी नेपालका लागि निःस्वार्थ सहयोग हो भने रकम बिनासम्झौता नेपाललाई हस्तान्तरण गर्न माग गरेका छन् । उनले एमसीसी खारेज नभएसम्म यो आन्दोलन निरन्तर अघि बढ्ने समेत जनाएका छन् ।
‘नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनताविपरीत हुने भएकाले एमसीसी सम्झौता खारेज गर्न अमेरिकी सरकारसँग आग्रह गर्दछौँ । नेपालका लागि निःस्वार्थ सहयोग हो भने रकम बिनासम्झौता नेपाललाई हस्तान्तरण गर्न माग गर्दछौँ । राष्ट्रघाती एमसीसीविरुद्धको सङ्घर्ष सम्पूर्ण नेपालीहरूको साझा दायित्व हो । यसको खारेज नभएसम्म यो आन्दोलन निरन्तर अघि बढ्नेछ । त्यसैले राष्ट्रिय स्वाधीनताको यो महत्वपूर्ण सङ्घर्षमा आआफ्नो तहबाट सहभागी हुन नेपालका सबै क्षेत्र र देशबाहिर रहनुभएका सबै नेपालीहरूमा हार्दिक अनुरोध गर्दछौँ । साथै कुनै पनि स्थितिमा एमसीसी अघि बढाएको खण्डमा प्रतिरोध सङ्घर्षमा उत्रिनसमेत सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौँ ।’ विज्ञप्तिको अन्त्यमा भनिएको छ । प्रेस विज्ञप्तिको पूर्णपाठ…

१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग