
१विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
३ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
४विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
७सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
८बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
९शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
काठमाडौँ, २८ मङ्सिर । नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घले सातै प्रदेशमा कमिटी गठन गरेको छ । पार्टीको जनवर्गीय सङ्गठनका रूपमा हालै स्थापना भएको सङ्घले प्रादेशिक कमिटी गठन गरेको हो । जिल्ला तह, स्थानीय तह, वडा तहसम्म कमिटी विस्तार गर्ने क्रममा रहेको सङ्घका प्रचार विभाग प्रमुख राममाया(चमिना) भट्टराईले जानकारी दिनुभयो ।
महिला हिंसा न्यूनीकरण गर्न सबै प्रदेशमा विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरेको सङ्घले महिला हिंसाविरुद्ध १६ दिने कार्यक्रममा समेत देशैभर जनचेतनामूलक अभियान सञ्चालन गरी सामाजिक एकता अभिवृद्धि गरेको थियो । ग्रामीण क्षेत्रमा राजनीतिकरूपमा महिला हक, हित तथा अधिकारका विषयलाई प्रवद्र्धन गरी महिला उद्यमशीलताका माध्यमबाट उनीहरुको जीवनस्तरमा सुधारका साथै आर्थिक सशक्तीकरणमा भूमिका निर्वाह गर्ने कार्य योजना सङ्घले बनाएको छ ।
पार्टीका सबै तहमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रमसमेत गर्दै आएको सङ्घले जनाएको छ ।