News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार समाचार

एमसीसी सदनमा पेस हुँदैन- प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धनमा सहमति नभइ एमसीसी सदनमा पेस नहुने प्रष्ट पारेका छन् ।

मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकमा दाहालले यथास्थितिमा एमसीसी पास नहुने अडान पनि दोहोर्‍याएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिए । बैठकले सर्वदलीय बैठक डाकेर संसद अवरोध हटाउन पहल गर्ने पनि निर्णय भएको उनले जानकारी दिए ।

संसद बैठक शुरू हुनअघि बसेको बैठकले माओवादीको २१ सदस्यीय संसदीय बोर्ड पनि गठन गरेको छ । बैठकले राष्ट्रिय सभा दलको प्रमुख सचेतकमा गोपी अछामी, सचेतकमा गंगा बेलबासे र सचिवमा रामनारायण बिडारीलाई चयन गरेको छ ।