
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१०राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
११सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
दमौली, २६ मङ्सिर । ढुङ्गामाटोले बनेको घर । खरले छाएको छानो, तर अहिले घरमा त्यही खरको छानो पनि छैन । गत असारमा गएको पहिराले घर भत्किएको छ । छानो नभएको घरमा छन् एक वृद्ध दम्पती ।
कठ्याङ्ग्रिद्रो चिसोमा छानोविहीन घरमा बस्न बाध्य छन् म्याग्दे गाउँपालिका–५ झिरुवासका ७५ वर्षीय धनबल गुरुङ र उहाँकी श्रीमती । भत्किएको टहरो, च्यातिएको गुन्द्री र केही थान च्यातिएको कपडासहित धनबल दम्पती विगत छ महिनादेखि कष्टकर जीवनयापन गर्न बाध्य हुनुहुन्छ ।
चिसोयाम, घरमा खाने अन्न र रातमा सुत्ने ओछ्यान नहुँदा धनबल भने श्रीमती र छोराछोरीका साथ भत्किएको टहरो हेर्दै बस्न बाध्य हुनुहुन्छ । उमेरले नेटो काटिसकेको बुढ्यौली शरीर लिएर केही उपाय नलागेपछि उहाँहरु जोखिमयुक्त टहरामा रात कटाउन बाध्य हुनुहुन्छ ।
चार छोरा र पाँच छोरीका बुबा धनबलका छोरा सवारी चालक भए तापनि आर्थिक अवस्था कमजोर भएपछि छानो फेर्न सक्नुभएको छैन । जसोतसो माइलो छोरा आफैले ऋण खोजेर साउदी गए पनि बाँकी दुई छोराको जिम्मेवारी धनबलकै काँधमा छ ।
सरकारले गरिब विपन्नका नाममा विभिन्न कार्यक्रम ल्याए पनि आफूहरुलाई कसैले नहेरेको उहाँको गुनासो छ । सरकारले सुरक्षित नागरिक आवास कार्यक्रम स्थानीय तहमार्फत् सञ्चालन गर्दै आए पनि त्यो कार्यक्रम धनबलसम्म पुग्न सकेको छैन । “सुन्दा त सरकारले के के कार्यक्रम ल्याएको छ भन्छन्, तर हामी यसरी बसेको छ महिना बित्न लागिसक्यो”, उहाँले भन्नुभयो ।
गत असारमा पहिरो गए पनि कुनै राहत नपाएको उहाँको गुनासो छ । “खरको छानो भत्किएर घरको नाल र भाटा नै भाँचिएका छन्, अन्त जाने ठाउँ छैन जसोतसो यही बसेका छौ”, उहाँले भन्नुभयो, “कसैले सहयोग गर्दैनन्, कहाँ जानु र ?” सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत तत्काल खरको, अथवा कच्ची छानो हटाएर रु ५० हजार बराबरको जस्ताको छानो छाउने कार्यक्रम सरकारले लागू गरे पनि उहाँ यसबारेमा अनभिज्ञ हुुनुहुन्छ ।
म्याग्दे गाउँपालिका–५ का वडाध्यक्ष शिवबहादुर आलेले पहिराले घर भत्किएपछि सुरक्षित स्थानमा सर्ने काम सम्बन्धित व्यक्तिको भएको प्रतिक्रिया दिनुभयो । “वडाध्यक्ष आफैले घर खोजेर राख्ने होइन, त्यो त सम्बन्धित व्यक्तिले गर्ने कुरा हो”, उहाँले भन्नुभयो । नागरिक आवास कार्यक्रमअन्तर्गत काम भइरहेको र त्यसले चाँडै पूर्णता पाउने उहाँले बताउनुभयो ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण