
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
७गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
१०स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
दमौली, २६ मङ्सिर । ढुङ्गामाटोले बनेको घर । खरले छाएको छानो, तर अहिले घरमा त्यही खरको छानो पनि छैन । गत असारमा गएको पहिराले घर भत्किएको छ । छानो नभएको घरमा छन् एक वृद्ध दम्पती ।
कठ्याङ्ग्रिद्रो चिसोमा छानोविहीन घरमा बस्न बाध्य छन् म्याग्दे गाउँपालिका–५ झिरुवासका ७५ वर्षीय धनबल गुरुङ र उहाँकी श्रीमती । भत्किएको टहरो, च्यातिएको गुन्द्री र केही थान च्यातिएको कपडासहित धनबल दम्पती विगत छ महिनादेखि कष्टकर जीवनयापन गर्न बाध्य हुनुहुन्छ ।
चिसोयाम, घरमा खाने अन्न र रातमा सुत्ने ओछ्यान नहुँदा धनबल भने श्रीमती र छोराछोरीका साथ भत्किएको टहरो हेर्दै बस्न बाध्य हुनुहुन्छ । उमेरले नेटो काटिसकेको बुढ्यौली शरीर लिएर केही उपाय नलागेपछि उहाँहरु जोखिमयुक्त टहरामा रात कटाउन बाध्य हुनुहुन्छ ।
चार छोरा र पाँच छोरीका बुबा धनबलका छोरा सवारी चालक भए तापनि आर्थिक अवस्था कमजोर भएपछि छानो फेर्न सक्नुभएको छैन । जसोतसो माइलो छोरा आफैले ऋण खोजेर साउदी गए पनि बाँकी दुई छोराको जिम्मेवारी धनबलकै काँधमा छ ।
सरकारले गरिब विपन्नका नाममा विभिन्न कार्यक्रम ल्याए पनि आफूहरुलाई कसैले नहेरेको उहाँको गुनासो छ । सरकारले सुरक्षित नागरिक आवास कार्यक्रम स्थानीय तहमार्फत् सञ्चालन गर्दै आए पनि त्यो कार्यक्रम धनबलसम्म पुग्न सकेको छैन । “सुन्दा त सरकारले के के कार्यक्रम ल्याएको छ भन्छन्, तर हामी यसरी बसेको छ महिना बित्न लागिसक्यो”, उहाँले भन्नुभयो ।
गत असारमा पहिरो गए पनि कुनै राहत नपाएको उहाँको गुनासो छ । “खरको छानो भत्किएर घरको नाल र भाटा नै भाँचिएका छन्, अन्त जाने ठाउँ छैन जसोतसो यही बसेका छौ”, उहाँले भन्नुभयो, “कसैले सहयोग गर्दैनन्, कहाँ जानु र ?” सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत तत्काल खरको, अथवा कच्ची छानो हटाएर रु ५० हजार बराबरको जस्ताको छानो छाउने कार्यक्रम सरकारले लागू गरे पनि उहाँ यसबारेमा अनभिज्ञ हुुनुहुन्छ ।
म्याग्दे गाउँपालिका–५ का वडाध्यक्ष शिवबहादुर आलेले पहिराले घर भत्किएपछि सुरक्षित स्थानमा सर्ने काम सम्बन्धित व्यक्तिको भएको प्रतिक्रिया दिनुभयो । “वडाध्यक्ष आफैले घर खोजेर राख्ने होइन, त्यो त सम्बन्धित व्यक्तिले गर्ने कुरा हो”, उहाँले भन्नुभयो । नागरिक आवास कार्यक्रमअन्तर्गत काम भइरहेको र त्यसले चाँडै पूर्णता पाउने उहाँले बताउनुभयो ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी