
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा, २५ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनका अवसरमा आज जनयुद्धका सहिद, घाइते तथा बेपत्ता योद्धाका परिवारलाई सम्मान गरिएको छ ।
पार्टी स्थायी कमिटीका सदस्य एवं प्रतिनिधिसभामा सो दलका प्रमुख सचेतक देव गुरुङ, शिक्षा संस्कृति तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेल र राष्ट्रियसभामा माओवादी दलका नेता दीनानाथ शर्मालगायतले जनयुद्धका प्रथम सहिद गोरखाका दिलबहादुर रम्तेलका बुवा सेते रम्तेललगायत परिवारजनलाई दोसल्ला तथा सम्मानपत्रबाट सम्मान गर्नुभयो । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको जनयुद्धका क्रममा उच्च योगदान गर्ने सहिद, घाइते, बेपत्ता तथा राज्यद्वारा यातना पाएकाहरूलाई सम्मान गरिएको माओवादी केन्द्र गण्डकीका अध्यक्ष हरि अधिकारीले बताउनुभयो ।
सो अवसरमा जनयुद्धमा गण्डकी प्रदेशबाट पार्टीको उच्च नेतृत्वबाट बलिदान गर्ने सहिद सुरेश वाग्लेका छोरा विकास वाग्ले, बेपत्ता योद्धा पूर्ण पौडेलका आमा मोतीमाया पौडेल, लामो समय जेल जीवन बिताउने झलकपाणि तिवारी, पुराना कम्युनिष्ट नेता पूर्णबहादुर गुरुङ, क्या पूर्णबहादुर राना (बाग्लुङ), डिल्लीजङ्ग गुरुङ र चन्द्रबहादुर जिसीलाई पनि सम्मान गरिएको थियो ।
यसैगरी जनयुद्धमा गोरखा जेल ब्रेकर कमला नहर्की, गजुरी सैन्य हिरासत ब्रेक गर्ने कृष्ण पन्त, जनयुद्धका घाइते गोमा अधिकारी र एकाघरका चार सहिद तनहुँका इन्दु अधिकारी, बालचन्द्र, कलावती र गजेन्द्र अधिकारीका परिवारजन सरोज अधिकारीलाई पनि प्रशंसापत्रबाट सम्मान गरियो ।
पोखरा सभागृहमा मङ्सिर २६ गतेसम्म सञ्चालन हुने अधिवेशनले प्रदेशको नेतृत्व चयन गर्नेछ । अधिवेशनमा माओवादी केन्द्रका गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने शीर्षनेताहरूको उपस्थिति थियो । अधिवेशनबाट प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष तथा सचिव, सहसचिव र कोषाध्यक्ष एक÷एक जना गरी सात सदस्सीय पदाधिकारी सहित २२९ सदस्यीय प्रदेश समिति निर्वाचित हुने माओवादीले जनाएको छ ।
प्रदेशको प्रथम अधिवेशन विशेषगरी विचार निर्माण र सङ्गठनात्मक काममा मुख्य केन्द्रित बताइन्छ । अधिवेशनमा पालिकाहरूबाट निर्वाचित ६०० जना, मनोनित ६०, आयोजक ९६, ज्येष्ठ कम्युनिष्ट मञ्चका ४३ र प्रदेश सल्लाहकार ४७ जना सहभागी रहेको प्रदेश सचिव देवेन्द्र पराजुलीले जानकारी दिनुभयो । माओवादी केन्द्रको सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशको प्रथम अधिवेशनको एकैसाथ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअलरूपमा उद्घाटन गर्नुभयो ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !