
१गृहमन्त्रीका विवादित साझेदार नैं प्रहरी–सशस्त्रको हतियार खरिद ठेक्कामा
२कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा
३धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
४फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ
५पर्यटकहरूलाई दुःख दिने १६ जना महिलाहरू पक्राउ
६रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
७अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
८सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
९२०६२ देखिका उच्च पदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने
१०मन्त्री बन्न नपाएको झोंकमा द्रोर्णकुमारले दिए राजीनामा
११गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले आजै लिए सपथ
१२गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेरको तयारी
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
३मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
४सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
५कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
६अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
७पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
८लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
९धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
१०कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
११सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
१२महान्यायाधिवक्ता सविता भण्डारीको हर्कतहरु, ७ अर्ब रुपैयाँको राजश्व छलिमा वर्ल्डलिंकलाई क्लिन चिट
काठमाडौँ, २५ मङ्सिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
माओवादीलाई कोही कसैले पनि पराजित गर्न नसक्ने दाबी गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “माओवादीलाई हराउन सक्ने तागत कोही कसैसँग छैन । हामी अरुजस्तो पार्टी होइन, राष्ट्र र जनताका लागि काम गर्ने पार्टी हो ।” उहाँले सबै तह, तप्कामा आक्रामक ढङ्गले गयौँ र जनतालाई विश्वासमा लियौँ भने आफू नेतृत्वको पार्टी एक नम्बरको पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष प्रचण्डले आफ्नो पार्टी चुनौती र अवसरका बीचमा रहेको भन्दै स्पष्ट कार्यदिशाका साथ अगाडि बढे सफल भइने बताउनुभयो । सात प्रदेश र दुईवटा गैरभौगोलिक प्रदेशको सम्मेलनलाई श्रव्यदृश्यका माध्यमबाट उद्घाटन गर्दै उहाँले पार्टीभित्र रहेको अलमललाई हटाएर नयाँ विचारका साथ क्रान्तिकारी बनाएरै छाडिने बताउनुभयो । अध्यक्ष दाहालले पार्टीमा कमी÷कमजोरी रहेको र त्यसलाई सच्याएर क्रान्तिकारी र जनपक्षीय पार्टीका रूपमा रुपान्तरण गर्नुपर्ने दोसाँधमा रहेको उल्लेख गर्नुभयो ।
पूँजीवादले निम्त्यायो जलवायु सङ्कट
अध्यक्ष प्रचण्डले पूँजीवादका कारण जलवायु परिवर्तन देखिएको र प्राकृतिकरूपमा समस्या देखिएको भन्दै त्यसका विरुद्ध स्थानीय तहबाटै प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो । तापक्रमको वृद्धिका कारण बाढी पहिरो, अति वर्षा, खडेरी, हिँउ पग्लनेजस्ता समस्या देखिएको तथा समुद्रमा पानीको सतह बढ्दै जाँदा महासागर वरिपरिका देशहरू समस्यामा परेको अध्यक्ष दाहालको भनाइ छ । स्थानीय तहबाटै हाम्रो प्राकृतिक स्रोत तथा साधनको उपयोग हामी आफँैले गर्ने गरी योजनाबद्ध प्रयास गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।
तापक्रम बढाउने काम साम्राज्यवादी शक्तिले गरेको भन्दै त्यसका विरुद्ध साझा मोर्चा बनाएर सङ्घर्ष गर्नुपर्ने उहाँको भनाइ छ । अध्यक्ष प्रचण्डका अनुसार संविधानमार्फत स्थापना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको वर्ग क्षेत्र, तह तथा तप्कालाई मिलाएर एकाधिकार पूँजीवादका विरुद्ध सङ्घर्ष गर्नुपर्छ ।
प्राकृतिक स्रोत तथा साधनमा वित्तीय एकाधिकार पूँजीवादले गरिरहेको हस्तक्षेपलाई रोक्न पनि हामीले आफ्नै सापेक्षतामा सङ्घर्ष गर्नुपर्ने उहाँको भनाइ छ । जलवायु परिवर्तनलगायत विषयमा राष्ट्रियरूपमा मात्रै नभई अन्तर्राष्ट्रियस्तरमा पनि मोर्चाबन्दी गरेर अगाडि जानुपर्ने उहाँले बताउनुभयो ।
‘नयाँ विचारसहित आफ्नै खुट्टा उभिऔँ’
अध्यक्ष दाहालले पार्टीलाई आफ्नै सङ्गठन, आफ्नै विचारसहित आफ्नै खुट्टामा उभिने बनाउनु नै तत्कालको आवश्यकता रहेको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले हामी आफैँ दुविधामा परेका कारण हेपिएको भन्दै अब माओवादीलाई कोही कसैले पनि प्रश्न उठाउन नसक्ने गरी सबल र सक्षम बनाउने दृढता व्यक्त गर्नुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो, “विश्वमा हाम्रो मात्रै पार्टी त्यस्तो ठाउँमा छ, जसले विचारलाई विकास गर्ने सम्भावना पनि बोकेको छ । अहिलेका चुनौतीको सामाना गर्ने आधार पनि बोकेको छ र क्रान्तिको नयाँ मोडल हामी आफैँले खोजी गर्नुपर्छ ।”
अध्यक्ष दाहालले विचार, सङ्गठनमा नयाँ मोडल खोज्न सक्ने सम्भावना बोकेको पार्टी पनि माओवादी नै भएको स्पष्ट पार्नुभयो । उहाँले एमालेको हालै चितवनमा सम्पन्न भएको महाधिवेशनलाई पञ्च¥यालीको सङ्ज्ञा दिनुभयो । पञ्चायतकालको अन्त्यतिर पनि ठूला–ठूला पञ्च¥याली हुने गरेको स्मरण गर्दै अध्यक्ष दाहालले विचारको बहस नहुने, व्यक्तिपूजा मात्रै हुने भेला तथा सम्मेलनको कुनै अर्थ नभएको बताउनुभयो ।
अध्यक्ष दाहालले नेपाली कांग्रेसको जारी महाधिवेशन पनि हेरिरहेको उल्लेख गर्दै त्यहाँ पनि राष्ट्र कस्तो बनाउने भन्नेतिर बहस नभएको आरोप लगानुभयो । पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्न आफैँबाट रुपान्तरण जरुरी रहेको भन्दै उहाँले राष्ट्रिय सम्मेलनसम्म पुग्दा माओवादी नयाँ विचारका साथ परिस्कृत हुने विश्वास व्यक्त गर्नुभयो ।
‘गुटबन्दी र अराजकता रोकौँ’
“पार्टीभित्र विभिन्न खालका समस्या छन्, गुटबन्दी, अराजकता, पदलोलुपजस्ता प्रवृत्ति रहेको तथा यो सबैको चुरो कारण न कार्यकर्ता हो न नेता हुन् । यो व्यक्तिगत समस्याका रूपमा बुझ्नु हुँदैन । यो वैचारिक स्पष्टताको अभावले भएको हो”, अध्यक्ष दाहालले भन्नुभयो । उहाँले विचारमा स्पष्टता नहुँदा गन्तव्य स्पष्ट नहुने र जताततै अँध्यारोमात्रै देखिने बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “सबैतिर अँध्यारो मात्रै देखेपछि कसरी जाँगर आउछ ? अब नयाँ तरिकाले जानुको विकल्प छैन ।” उहाँले समस्या र विचारको अस्पष्टताबाट बाहिर निस्केर अगाडि बढ्नुपर्ने र आगामी पुसमा आयोजना गरिएको राष्ट्रिय सम्मेलनमा नयाँ दस्तावेज आउने बताउनुभयो ।
‘क्रान्तिकारी रुपान्तरण र पुनर्गठन अत्यावश्यक छ’
सो पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टीलाई क्रान्तिकारी रुपान्तरण र पुनर्गठन गर्नुपर्ने तत्कालको आवश्यकता भएको स्पष्ट पार्नुभयो । उहाँले पार्टीलाई क्रान्तिकारी रुपान्तरण र पुनर्गठन गरेरमात्रै समाजवादी क्रान्तिको नेतृत्व गर्न सक्ने बताउनुभयो ।
उहाँले विचारमा अझै विकसित गर्ने, गुटवादलाई अन्त्य, गर्ने भ्रष्टीकरणलाई रोक्ने, श्रमजीवी वर्गसँगको सम्बन्धबारे मिहिन तरिकाले समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पार्टीभित्रका समस्या र कमजोरीलाई समाधान गर्दै यथास्थितिवादसँग सम्बन्धविच्छेद गरेर क्रान्तिकारी रुपान्तरण र पुनर्गठनको पहल गर्नैपर्ने उहाँको भनाइ छ ।
उहाँले देशी–विदेशी शक्ति माओवादीलाई क्रान्तिकारी पार्टी बन्न नदिने षड्यन्त्रमा लागिपरेको भन्दै त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभयो । नेता श्रेष्ठले अध्यक्ष प्रचण्डको नेतृत्वमा पार्टीलाई एकाकार र थप बलियो बनाएर लैजान प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
३मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
४सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
५कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस