
१विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
३ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
४विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
७सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
८बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
९शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
काठमाडौँ, २५ मङ्सिर । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिलाउन आफूले सभापतिको उम्मेदवारी दिएको बताउनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले मुलुकमा आफ्नो नेतृत्वमा आगामी निर्वाचनमा जादा पक्कै पार्टीको बहुमत आउने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “सभापतिको निर्वाचनमा पहिलो चरणमा नै विजयी हुनेछु ।”
सभापतिका प्रत्यासी डा शेखर कोइरालाले सङ्घीय संसद् नचलेको, न्यायपालिकाको अवस्था राम्रो नरहेको तथा मुलुकको आर्थिक अवस्था पनि बेहाल रहेकाले आफ्नो नेतृत्वमा बनेको समूहले देशको परिस्थिति र पार्टी भित्रको अवस्थालाई सुधार गर्न नयाँ सोच र विचारका साथ कार्यक्रम लिएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पाकाहरूका होस् र युवाका जोसका आधारमा नेपाली कांग्रेसलाई अघि बढाउछौँ ।” सभापतिका अर्का प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले अवधारणामार्फत सभापतिमा आफ्नो उम्मेदवारी किन भन्ने यसअघि नै जानकारी गराइसकेको बताउनुभयो । “देशभरकै महाधिवेशन प्रतिनिधिले तपाईँले महामन्त्री र उपसभापति भएर इतिहास रचिसक्नुभएको छ । यसपटक स्वभाविक सभापतिको उम्मेदवार हुनुपर्छ भनेकाले उम्मेदवारी दिएको हुँ”, उहाँले भन्नुभयो ।
नेता सिंहले पार्टीलाई नियम र विधि सङ्गत तथा संस्थागत र सुदृढीकरण गरिने बताउनुभयो । कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफूले पार्टी सभापति देउवा र उहाँको टिमलाई सहयोग र समर्थन रहेको जानकारी दिनुभयो । उहाँले पदभन्दा बाहिर रहेर पनि कांग्रेसलाई सहयोग गर्न सकिन्छ भन्ने मान्यता अनुरुप उम्मेदवारी नदिएको बताउँदै कांग्रेसमार्फत सेवा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचनमा सहमतिका आधारमा अघि बढाउने सम्भावनाका लागि प्रयत्न गरिएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “कांग्रेस एउटा ऐतिहासिक पार्टी हो । निर्वाचनमार्फत हामीले अहिले आन्तरिक लोकतन्त्रको प्रतिस्पर्धालाई उदाहरणीय र ऐतिहासिक बनाउनेछौँ ।” नेता कार्कीले मतदाताले अहिलेको अवस्थामा कस्तो कांग्रेस चाहन्छन् तथा कांग्रेस निर्माण गर्नका निमित्त कस्ता व्यक्तित्वहरू आवश्यक हुन्छ विवेकपूर्ण र समझदारीका आधारमा नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नुभयो ।
गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री देउवालाई पुनःपार्टी सभापतिमा निरन्तरता दिने अभियानमा आफूहरू रहेको प्रतिक्रिया दिनुभयो । उपसभापतिका प्रत्यासी सुजाता कोइरालाले राजनीति विचार र सिद्धान्तका आधारमा अघि बढ्ने भएकाले महिलाको नेतृत्व स्थापित गर्ने सन्दर्भमा आफूले उम्मेदवारी दिएको बताउनुभयो ।