
१विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
३ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
४विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
७सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
८बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
९शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
काठमाडौँ । महाधिवेशन सुरु हुन केहि घण्टा मात्रै बाँकी रहँदासमेत नेपाली कांग्रेसको कुन पदमा को उमेदवार भन्ने अन्योल कायमै रहेको छ।
शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षबाट सभापतिमा देउवा नै उठ्ने करिब निश्चित भएपनि अन्य १२ पदका उमेदवार अझै टुंगो लाग्न सकेको छैन। २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीका लागि देउवा पक्षबाट करिब दुई दर्जन नेताहरु आकांक्षी देखिएका छन् । आकांक्षीको सूची लामो हुँदा देउवालाई उम्मेदवार छान्न हम्मे हम्मे परेको हो।
रामचन्द्र पौडेल नेतृत्वको संस्थापन इतर पक्ष चार दिनदेखि छलफलमा जुटे पनि सभापतिको साझा उम्मेदवार छान्न सकेको छैन। इतर पक्षबाट सभापतिको आकांक्षा राखेका पौडेलसँगै, प्रकाशमान सिंह र शेखर कोइरालाले दाबी नछाडेपछि सहमति हुन नसकेको हो ।
गणेशमान परिवारले सधैँ त्याग मात्रै गरेकाले यसपटक आफ्ना लागि अरूले छाड्नुपर्ने भन्दै प्रकाशमानले सभापतिको उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्। उनले बबरमहलस्थित यलम्बर पार्टी प्यालेसमा अवधारणापत्र सार्वजनिक गर्दै छन्।
नेता शेखर कोइरालाले पनि बिहीबारबाटै प्रचार अभियान थालेका छन्। उनले सामाजिक सञ्जालमार्फत ‘एकपटक, यसैपटक’ भन्दै सभापतिका लागि प्रचार अभियान सुरु गरेका हुन्।
दुवै नेताले सभापतिका लागि प्रचार गरेपछि पौडेल बिहीबार दिनभरि कसैको सम्पर्कमा आउन चाहेनन्। कोइराला र सिंह सहमतिमा आउन नसकेको भन्दै उनले आफूनिकट नेताहरूसँग चित्त दुखाएका छन्।