
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
४फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
५डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
शरद् शर्मा
काठमाडौँ, २२ मङ्सिर । कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो । सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानुपर्ने वाध्यता थियो । तर अहिले त्यही कर्णालीमा दक्ष, विशेषज्ञसहितका सयभन्दा बढी चिकित्सकले विशिष्टकृत सेवा दिइरहेका छन् । अझ अर्को खुशीको कुरा त यो छ कि सिटामोल र जीवनजल नपाएर छट्पटाउने कर्णाली अहिले आफैँले अस्पताल र दक्ष चिकित्सक उत्पादन गरिरहेको छ ।
पहिले बिरामीको उपचार गर्न अस्पताल र चिकित्सक नभएर सुर्खेत र नेपालगञ्ज पठाउने गरेको कर्णालीले अहिले आफैँ दक्ष चिकित्सक उत्पादन गरेर देशका विभिन्न ठाउँमा पठाउने तयारीमा देखिन्छ । अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शास्त्रमा स्नातक तह ९एमबिबीएस० र एमडी अध्यापन गराएर दक्ष चिकित्सक उत्पादन गरिरहेको छ ।
प्रतिष्ठान स्थापना भएसँगै कर्णालीमा चिकित्सक पुगेर जनताले गुणस्तरीय स्वास्थ्य सेवासमेत पाइरहेका छन् । विसं २०६९ मा साविकको अञ्चल अस्पताललाई प्रतिष्ठानकै ३०० शय्याको अस्पतालमा रुपान्तरण गरेपछि कर्णालीका जनताले सुर्खेत र नेपालगञ्ज आउनुपर्ने बाध्यता हटेको हो । विसं २०६८ मा ऐनमार्फत प्रतिष्ठान स्थापना गरेर सरकारले कर्णालीका जनतालाई स्वास्थ्य सेवा पु¥याइरहेको छ । प्रतिष्ठानले कर्णालीमा यसै वर्षदेखि चिकित्सा शास्त्रमा स्नातक तह ९एमबिबीएस०को पढाइ सुरु गरेको छ । यही मङ्सिर १९ गतेबाट चिकित्सा शास्त्रमा स्नातक तह ९एमबिबीएस० पढाइ सुरु गरिएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिनुभयो ।
राष्ट्रपतिबाट शिलान्यास
राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णालीको जुम्लामा सञ्चालन भएको एमबिबीएसलगायतका शैक्षिक कार्यक्रमको उद्घाटन र चिकित्सा शिक्षाको शैक्षिक भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । यही मङ्सिर २६ गते राष्ट्रपति भण्डारीले एमबिबीएसलगायत शैक्षिक कार्यक्रम र शैक्षिक भवनको जुम्ला सदरमुकाम खलङ्गामा शिलान्यास गर्नुहुने उपकुलपति डा रावलले जानकारी दिनुभयो । करिब रु ६८ करोडमा बन्न थालेको शैक्षिक भवन दुईवटा पाँचतले हुनेछ ।
कर्णालीमा यही मङ्सिर १९ गतेदेखि एमबिबीएस २०, स्नातक तहमा नर्सिङ ९विएन० २० र ब्याचलर अफ फार्मेसी ९विफार्मेसी०मा २० जना विद्यार्थीको पढाइ सुरु भएको छ । विगत केही वर्षदेखि नै प्रवीणता प्रमाणपत्र तह नर्सिङ, हेल्थ असिस्टेन्ट, ब्याचलर अफ पब्लिक हेल्थ ९बिपीएच० सुरु भइसकेको छ ।
यस्तै प्रतिष्ठानमा नै चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तहको पढाइ पनि सुरु भएको छ । बालरोग, एनेस्थेसिया र एमडीको जनरल प्याट्रिक्समा ९जिपी० गरी तीन विषयमा स्नातकोत्तर तहको पढाइ गत बर्षबाट सञ्चालन भएको प्रतिष्ठानका डिन डा रमेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अब प्रतिष्ठानमा चिकित्सा शिक्षामा विद्यावारिधि, नर्सिङमा स्नातकोत्तर तह र पब्लिक हेल्थमा स्नातकोत्तर तहको पढाइ सञ्चालनको तयारी भइरहेको छ ।
प्रतिष्ठानमा विशेषज्ञ सेवा
प्रतिष्ठानकै अस्पतालबाट बिरामीलाई विशिष्ट र विशिष्टकृत सेवा उपलब्ध गराइरहेको छ । प्रतिष्ठानमा अहिले नाम चलेका राम्रा विशेषज्ञ दक्ष चिकित्सकबाट विशिष्ट र विशिष्टकृत सेवा उपलब्ध गराइरहेको उपकुलपति डा रावलले बताउनुभयो ।
छातीरोग, हाडजोर्नी, न्यूरो, बालरोग, स्त्री तथा प्रसूति, नाक, कान र घाँटी, आँखा, छालारोग, दन्त, मेडिसिन, जनरल सर्जरी, क्रिटिकल केयर, मानसिक रोग, फिजियोथेरापीजस्ता विशिष्ट र विशिष्टकृत सेवा प्रदान गर्दै आइरहेको छ । त्रिवि शिक्षण अस्पताल, वीर अस्पतालमा काम गरेका विशेषज्ञ चिकित्सक, प्राध्यापक अहिले प्रतिष्ठानमा रहेर काम गरिरहेका छन् ।
न्यूरोलोजिष्ट डा सुनन्द पौडेल, छातीरोग विशेषज्ञ डा अनुशस्मृति पाल, सघन उपचार विशेषज्ञ डा प्रवीण गिरी रहनुभएको छ । यस्तै मेसिनबाट पत्थरीको शल्यक्रिया, हाडजोर्नीका ठूलो शल्यक्रियालगायत ठूला शल्यक्रिया कर्णालीको प्रतिष्ठानकै अस्पतालमा हुने गर्दछ । “हामीले कर्णालीका जनतालाई जुम्लामा नै विशेषज्ञसहितको सबै स्वास्थ्य सेवा पु¥याइरहेका छाँै”, डा रावलले भन्नुभयो, “अब हामीले कर्णालीका कुनै नागरिकलाई उपचार गर्न अन्यत्र सिफारिस गर्दैनौँ । हामी सबै सेवा यहीँ दिन्छाँै ।”
अहिले प्रतिष्ठानले दैनिक ४०० भन्दा बढी कर्णालीका जनतालाई सेवा उपलब्ध गराइरहेको छ । प्रतिष्ठालले कर्णालीका जनतालाई दुई किसिमले सेवा प्रदान गरिरहेको छ । एक प्रतिष्ठानकै अस्पतालमा बिरामीले उपचार गराइरहेका छन् भने अर्को प्रतिष्ठानले समय–समयमा घुम्ती शिविर राखेर सेवा प्रदान गरिरहेको छ । “सङ्घीय, प्रदेश र स्थानीय तह सरकारको आग्रहमा हामीले समय–समयमा कर्णालीका जनताका घरमा पुगेर सेवा दिइरहेका छौँ”, उहाँले भन्नुभयो, “वर्षमा कर्णाली प्रदेशका १३ वटा जिल्लामा घुम्ती शिविर सञ्चालन गर्दछौँ ।”
अहिले अस्पतालमा १२ स्थायी चिकित्सक र करारमा ७० चिकित्सक कार्यरत रहेका छन् । यस्तै प्रतिष्ठानमा करिब ४०० स्वास्थ्यकर्मीसहितका कर्मचारी रहेका छन् । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले आफूहरुसँग सबै दक्ष विशेषज्ञसहितको चिकित्सक भए पनि उपकरण अभावका कारणले सबै सुविधा दिन नसकेको बताउनुभयो । उहाँले एमआरआई र अन्य उपकरणको अभाव हुँदा कर्णालीका जनतालाई अझ सेवा दिन नसकेको बताउनुभयो ।
पिछडिएको क्षेत्र कर्णालीमा स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको काम गर्ने भनेर प्रतिष्ठान स्थापना गरिएको हो र अहिले तिनै क्षेत्रमा प्रतिष्ठानले काम गरिरहेको छ ।
स्वास्थ्य सूचाङ्कमा प्रगति
कर्णालीमा स्वास्थ्य सेवा पुगेकाले अहिले त्यहाँका मानिसको स्वास्थ्य सूचाङ्कमा पनि प्रगति भएको छ । प्रतिष्ठान स्थापना भएसँगै गुणस्तरीय स्वास्थ्य सेवा पाएपछि कर्णालीको स्वास्थ्य सूचाङ्कमा प्रगति भएको हो । प्रतिष्ठानको स्थापना भएसँगै ९६ प्रतिशत महिलाले गर्भवती जाँच गर्ने गरेको पाइएको छ ।
यस्तै ६२।३ प्रतिशत महिलाले दक्ष स्वास्थ्यकर्मी प्रसूति सेवा लिने गरेको जनस्वास्थ्यविद् डा माधव चौलागाईँले जानकारी दिनुभयो । जुम्लाका मात्र ८१ प्रतिशत महिलाले दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएको पाइएको छ । उहाँले प्रतिष्ठान स्थापना भएसँगै कर्णालीको स्वास्थ्यमा सुधार भएको बताउनुभयो ।
उहाँका अनुसार झाडापखाला लागेर उपचार गर्न नपाएका ९८ प्रतिशत बालबालिकाले उपचार पाएका छन् । यस्तै कर्णालीका ९० प्रतिशत क्षयरोगका बिरामीले उपचार गरेर निको भएका छन् । जनस्वास्थ्यविद् डा चौलागाईँले बच्चालाई खोप, बाल मृत्युदर तथा मातृ मृत्युदर घटेको र संस्थागत सुत्केरी गराउने दर बढेको बताउनुभयो ।
स्वास्थ्य अनुसन्धान केन्द्र
कर्णाली क्षेत्रको स्वास्थ्यको अनुसन्धान गर्नका लागि प्रतिष्ठानको ‘इन्स्च्यिुट रिभ्यू बोर्ड’ गठन गरिएको छ । सो बोर्डले कर्णाली क्षेत्रमा स्वास्थ्यको अध्ययन अनुसन्धान गर्नका लागि अनुमति दिने गर्दछ ।
उक्त बोर्डले कर्णाली क्षेत्रको स्वास्थ्यको पनि अध्ययन गर्दछ । यस्तै प्रतिष्ठानले आफैँ पनि जर्नल प्रकाशित गर्ने गरेको छ । कर्णाली क्षेत्रमा विभिन्न व्यक्तिले गरेका खोज, अनुसन्धान र बाहिर गरिएको अनुसन्धानलाई समेटेर चार÷चार महिनामा जर्नल प्रकाशित गर्ने गरेको प्रतिष्ठानका डिन डा भट्टराई जानकारी दिनुभयो ।