
१विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
३ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
४विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
७सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
८बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
९शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
रुपन्देही, २१ मङ्सिर । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका परिवारका आफन्तले बेपत्ताको अवस्था सार्वजनिक गर्न माग गर्दै अदालतमा परमादेश रिट दर्ता गरेका छन् ।
रुपन्देहीको रोहिणी गाउँपालिका–५ का बुधु पासीले आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा परमादेश रिट दर्ता गराउनुभएको हो । उहाँका दाजु रामपलट भन्ने लौटु पासीलाई २०६० चैत ११ मा बेपत्ता भएका थिए । साविक बोधबार गाविस वडा नम्बर ३ का पासीलाई तत्कालीन समयमा नेपाली सेनाको टोलीले माओवादी भएको आरोपमा नियन्त्रणमा लिएको थियो । सेनाले २०६१ जेठ २५ गते सोमबारका दिन अन्तिम भेट गर्न दिए पनि त्यसपछि नदिएको भाइ बुधुले बताउनुभयो ।
अहिलेसम्म पनि दाजुको अवस्था पत्ता नलागेपछि बुधुले भदौ १३ मा जिल्ला प्रहरी कार्यालयमा जाहेरी लिएर जानुभएको थियो । प्रहरीले जाहेरी नलिएपछि भदौ १६ मा जिल्ला न्यायाधिवक्ताको कार्यालयमा मुद्दा दर्ताको प्रयास गर्नुभएको थियो यद्यपि उक्त कार्यालयले समेत मुद्दा दर्ता र दरपिट दुवै नगरेपछि पीडित बुधु बाध्य भएर अदालत जानुभएको हो ।
यसअघि उहाँ पटकपटक जिल्ला प्रशाशन कार्यालय, स्थानीय शान्ति समितिलगायतमा आफन्तको अवस्था सार्वजनिक गर्न माग गर्नुभएको थियो । यद्यपि ती कार्यालयले बेपत्ता आयोगको काम भन्दै चासो दिएका थिएनन् । द्वन्द्वमा मारिएका दाजुको न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय र सरकारी न्यायाधिवक्ताको कार्यालयमा मुद्दा दर्ता नभएपछि बुधु अदालत गएको द्वन्द्व पीडितको पक्षमा वकालत गरिरहेकी अधिवक्ता इन्दिरा आचार्यले जानकारी दिनुभयो । अदालतले रिटमाथि आउँदो शुक्रबारका लागि पेशी तोकेको छ । विस्तृत शान्ति सम्झौतामा ६० दिनभित्र बेपत्ताको अवस्था सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म बेपत्ताको अवस्था सार्वजनिक भएको छैन ।
रुपन्देहीमा धनकुमारी थारुलगायत अन्य बेपत्ताका परिवारले समेत आफन्तको खोजी गरिदिन माग गर्दै प्रहरीमा जाहेरीको प्रयास गरेका थिए । यद्यपि प्रहरीले जाहेरी लिएको छैन ।