News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा गण्डकी प्रदेश सभापतिमा निष्ठावान तथा वरिष्ठ नेता शुक्रराज शर्मा विजयी भएका छन् । एकहजार एकसय ६५ प्रतिनिनिमध्ये एकहजार एकसय ४६ मत खसेकोमा नेता शर्माले प्रतिद्वन्द्वी अर्जुन जोशीलाई ८४ मतान्तरको फरकले हराएका हुन् । सभापतिमा शर्माले ६ सय १२ मत प्राप्त गरेका थिए भने जोशीले ५ सय २८ मतमात्र प्राप्त गरेका थिए ।

गण्डकी प्रदेशमा पौडेल र कोइराला पक्षले उपसभापति बाहेक सबै पदहरुमा एकलौंटी ढंगले विजय हासिल गरेको छ । उपसभापतिमा स्याङ्जाकी कल्पना तिवारी ६ सय २४ मत र संस्थापन पक्षका मेखलाल श्रेष्ठले ५ सय २८ मत प्राप्त गरेर विजयी भएका छन् ।

महामन्त्रीमा पौडेल समूहका गोेरखाका किरणबाबु श्रेष्ठले ५ सय ७३ शीर्ष मत ल्याउँदै विजयी भए भने सोही समूहबाट ५ सय ६७ मत ल्याउँदै विष्ण लामिछानेले जितेका छन् । लामिछाने गण्डकी प्रदेश सभा विधायन समिति सभापतिसमेत हुन् । संस्थापन पक्षबाट कास्कीका कुमार खड्का र गोरखाका ईश्वर पाण्डे पराजित भएका छन् । गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका खड्का ११ मतले विजयी महामन्त्री लामिछानेसँग पछि परे । खड्कालाई हेबिवेट उम्मेदवारका रुपमा हेरिएको थियो ।

सहमहामन्त्रीमा दुबै जना पौडेल समूहका उम्मेदवार विजयी भएका छन् । लमजुङका रमेशकुमार पाण्डेले ६ सय १८, पर्वतका रामचन्द्र जोशीले ५ सय ६९ मत ल्याउँदै जीत हात पारेका छन् । पाण्डे लमजुङको मध्य नेपाल र जोशी कुश्मा नगरपालिकाका मेयर हुन् । संस्थापन समूहबाट गोरखाका राजनराज पन्त, तनहुँका झुलबहादुर आले उम्मेदवार थिए । युवराज बस्ताकोटी र गणेश सापकोटाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए ।

महिला सहमहामन्त्रीमा पौडेल समूहकै कास्कीकी कोपिला रानाभाट विजयी भएकी छन् । गण्डकी प्रदेश सभा सदस्य तथा कांग्रेस संसदीय दलकी सचेतकसमेत रहेकी गौतमले ५ सय २४ मत ल्याउँदा रानाभाटले ५ सय ५२ मत ल्याएकी छन् ।

डनन्यूज ट्रेन्डिङ