
१सामाजिक सञ्जालमा हुने गतिविधिको कडा निगरानी
२चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
३रास्वपा नेता राजु राईले पार्टी छाडे
४बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
५गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
६कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
७धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
८धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
९बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
१०बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
११धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
१२पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
६चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
७२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
८फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
९फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१२बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
वालिङ, १७ मङ्सिर । स्याङ्जाका तीन पालिकामा भैँसी व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम सञ्चालन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ स्याङ्जाअन्तर्गत जिल्लाका वालिङ, गल्याङ र भिरकोट नगरपालिकामा भैँसी जोन कार्यक्रम सञ्चालन भएको हो ।
जोनअन्तर्गत वालिङ नगरपालिकाका १४ वटा वडा, गल्याङ नगरपालिकाका छवटा र भिरकोट नगरपालिकाका छ गरी कूल २६ वडामा यो कार्यक्रम सञ्चालन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाका कार्यालय प्रमुख माधव लम्सालले जानकारी दिनुभयो । वालिङ नगरपालिकाका–१ देखि १४ वटै वडा, गल्याङ नगरपालिकाका १, २, ८, ९, १०, ११ र भिरकोट नगरपालिकाका १, २, ४, ५, ६, ७ नं वडामा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो ।
समग्रमा कृषि मूल्य शृङ्खलाका अवयवहरूको एकीकृत संयोजन र परिचालनमार्फत खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिकरण उन्मुख दिगो आर्थिक अवसर सिर्जना गरी राष्ट्रको समग्र विकासमा टेवा पु¥याउने परियोजनाको लक्ष्य रहेको प्रमुख लम्सालले बताउनुभयो ।
उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने, कृषि यान्त्रिकीकरण, कृषि पूर्वाधार विकास एवंं व्यवसायीकरण प्रवद्र्धन तथा प्रारम्भिक प्रशोधन केन्द्रहरूको स्थापनामार्फत कृषि आधुनिकीकरणको आधारशीला तयार गर्ने, जोन तथा आसपासका क्षेत्रमा रोजगारी सिर्जना गर्ने मुख्य उद्देश्य छ ।
गत वर्ष फागुनमा नमूना साना किसान कृषि सहकारी संस्था लिमिटेडले भैँसी जोन कार्यक्रम माग गरेकामा प्राविधिक कार्यदलले वालिङ, गल्याङ र भिरकोट नगरपालिकाको फिल्ड अनुगमन गरी अध्ययन एवं प्राविधिक प्रतिवदेन पेश गरेको प्रमुख लम्सालले बताउनुभयो ।
प्रमुख लम्सालका अनुसार जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकबाट प्रदेश परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिमा अनुमोदन एवं सिफारिसका लागि पेश गर्ने निर्णय गरेको थियो । परियोजना निर्देशक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ देखि सञ्चालन हुने गरी भैँसी जोन कार्यक्रम स्वीकृत गरेको थियो ।
जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकबाट प्रदेश परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिमा अनुमोदन एवं सिफारिसका लागि पेश गरी उक्त समितिले निर्धारित क्षेत्रको स्वीकृतिका लागि गत भदौमा अनुमोदन एवं सिफारिस गरेको थियो ।
भैँसी जोन कार्यक्रमअन्तर्गत चालु आवमा चिलिङ भ्याट, मिल्क एनालाइजर, डिप फ्रिज, होमोनाइजर, चिलिङ हिटरसहितको दूध सङ्कलन केन्द्र स्थापना सहयोग गर्ने, दूध सङ्कलन तथा ढुवानीका लागि गाडी खरिद, आधुनिक गोठ निर्माण सहयोग गर्ने, गोठ सुधार सहयोग गर्ने, बालीवस्तु विशेष स्थलगत तालिम सञ्चालन गर्ने, जिल्लास्तरमा व्यावसायिक भैँसीपालन तालिम, घाँस उत्पादन कार्यक्रम, कृत्रिम गर्भाधान, पशुरोग व्यवस्थापन, भ्याक्सिन तथा उपचार सहयोग, पशु नश्ल सुधारका लागि भैँसी खरिद सहयोग कार्यक्रम सञ्चालन हुने कार्यालय प्रमुख लम्सालले जानकारी दिनुभयो । पूण्यप्रसाद अर्यालको संयोजकत्वमा नौ सदस्यीय भैँसी जोन सञ्चालन समन्वय समितिसमेत गठन गरिएको छ ।
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार