
१विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
३ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
४विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
७सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
८बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
९शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
९सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१०आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
११फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१२‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
पोखरा । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी भएका छन् । उनका प्रतिस्पर्धी सुदिपमोहन भट्टराईलाई हराउँदै बराल निर्वाचित भएका हुन् । बरालले ९ सय ९५ मत ल्याएका थिए भने उनका प्रतिद्वन्दी भट्टराईले ९ सय १५ मत प्राप्त गरेका थिए ।
शुक्रबार भएको निर्वाचनमा सभापतिका पाँच उमेद्वारहरु मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएका कारण शनिबार हिजो पुनः मतदान भएको थियो । दोस्रो पटकको मतदानमा एकहजार ९ सय २६ मत खसेको थियो ।
शुक्रबार सभापति पदमा बराल, भट्टराई, आईबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरिराज गौतमले प्रतिस्पर्धा गरेका थिए । जसमा बरालले ६ सय ४४, भट्टराईले ४ सय ७२, गुरुङले ४ सय ६२, शर्माले ३ सय ३५ र गौतमले ६३ मत प्राप्त गरेका थिए ।
शुक्रबार भएको मतदानपछि आएको नतिजाले कुनै पनि उमेद्वारको ५१ प्रतिशत मत प्राप्त नगरेपछि शनिबार पुनः चुनाव हुँदा गुरुङ, शर्मा र गौतमले भट्टराईलाई समर्थन जनाउँदै मतदान गर्न आह्वान गरेका थिए । तर मतदाताहरुले उनीहरुको आह्वानलाई लत्याउँदै बराललाई नै विजयी बनाएका थिए ।
नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष बराल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकटका हुन् भने अन्य प्रतिस्पर्धीहरु संस्थापन पक्षका हुन् ।