
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१०रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
११गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१२फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
चितवन, १० मङ्सिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दाहरुमा समान धारणा बनाउन संवाद सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले दलहरुबीच नीतिगत विषयमा भएका बिमतिहरुलाई संविधानमार्फत निर्धारण गरेका विधिबाट टुङ्गो लगाउनुपर्ने बताउनुभएको हो । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले भन्नुभयो, “त्यसलाई हामी सबैले स्वीकार गर्ने पद्धति बसाल्नु पर्दछ । नेपाली कांग्रेस पार्टी यिनै मूल्य मान्यताप्रति प्रतिबद्ध रहेको छ ।”
लोकतान्त्रिक संसदीय शासन, पद्धतिको मर्मअनुसार १०औँ महाधिवेशन आयोजना गर्ने नेकपा एमालेलाई बधाई दिँदै उहाँले महाधिवेशनको पूर्ण सफलताको कामना पनि गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको लोकतान्त्रिक आन्दोलन विभिन्न उतारचढाव पार गर्दै देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न हामी सफल भएका हौँ ।” सबै मिलेर संविधानसभाबाट नयाँ संविधान बनाएको स्मरण गराउँदै उहाँले यसलाई संस्थागत गर्न जिम्मेवारी सबै दलहरुमा रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले नयाँ संविधानमार्फत लोकतन्त्रका मूल्य र मान्यतालाई संस्थागत गर्न यस अभियानमा विभिन्न राजनैतिक दलहरुसँगै नेकपा एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुहुँदै हामीहरुबीच मतभेदहरु रहेको छ र त्यसैका कारण फरक राजनैतिक दलमा आबद्ध भएको बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतान्त्रिक मूल्यमान्यतालाई जीवन पद्धति बनाउन, कानुनी शासन र जनाधिकार स्थापना गर्न, व्यक्तिगत स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न तथा राष्ट्रियतामा जनतालाई सुनिश्चित गर्दै देशलाई समृद्ध बनाउन एवम् समृद्धिको पहुँचमा हरेक नागरिकलाई पु¥याउन हामी सबै पार्टी एक हुनुपर्दछ ।”
उहाँले हामी सहमति, सद्भावबाट हरेक समस्याको समाधान निकाल्न चाहन्छाँै भन्नुभयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत उहाँका साथीहरु आफ्नो जेलका साथी भएको भन्दै उहाँले जुन अवस्था आफूहरुले भोग्याँै अब जनताले भोग्न नपर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यी सबै कुराहरु हामी सबैले भोग्याँै । जेलमा भोगेका दुःखलाई ध्यानमा राखेर भोलिका दिनमा कुनै नेपालीलाई कहीँ दुःख नपरोस् भन्ने कुरामा हामी सचेत हुनुपर्छ ।” एउटा मूल्य र मान्यतालाई संस्थागत गर्न आफू प्रतिबद्ध रहेको भन्दै उहाँले नेकपा एमालेले सरकारका विधि, विधानलाई थिति बसाल्ने काममा साथ दिनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले मुलुक कोरोनाले आक्रान्त भएका बेला खोप पु¥याउनु हाम्रो पहिलो कर्तव्य थियो भन्दै सबैको साथ र सहयोगले लक्ष्य हासिल गर्न सफल भएको बताउनुभयो । नागरिकको जीवन रक्षाजस्तो यो महान् कार्यमा सबै राजनीतिक दल, सामाजिक संस्था तथा नागरिकहरु मित्रराष्ट्र, दातृ संस्थाहरुबाट प्राप्त सहयोगप्रति उहाँले सम्मान व्यक्त गर्नुभयो । कोरोना भाइरस सङ्क्रमण अहिले निराकरण हुँदै गएको भन्दै आर्थिक अवस्था सामान्य बन्दै गएको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले लोकतान्त्रिक संविधानको भावनाअनुरुप देशमा सुशासन, सद्भाव, समृद्धि कायम गर्न आफ्नो पार्टी पद्ध्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मैले नेतृत्व गरेको वर्तमान सरकार यिनै मान्यताका आधारमा काम गर्ने विश्वास दिलाउँछु ।” संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरुसँग सहकार्य गरी देश र जनतालाई केन्द्रमा राखेर साझा धारणाका मान्यतामा म आफू प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाले भन्नुभयो ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग