
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग्दै गरेको आन्दोलनलाई क्यान्सरको रोगीलाई कुखुराको अण्डा मन्साएर निको पार्न खोजेजस्तै भएको भनेर टिप्पणी गरेका छन् ।
मंगलबार महाधिवेशनबारे सम्पादकहरूसँगको अन्तरक्रियाका क्रममा ओलीले सर्वोच्च अदालत परिसरमा भइरहेको आन्दोलन दुःखद भएको टिप्पणी पनि गरेका हुन् । अहिले सर्वोच्च अदालत प्राङ्गणमा जे भइरहेको छ त्यो दुःखद छ’, अध्यक्ष ओलीको भनाइ छ । उनले टाउकाको औषधी नाइटोमा लाएर सम्भव नहुने पनि बताए ।
‘टाउको दुखेको औषधी नाइटोमा प्रधानन्यायाधीशको राजीनामा मागेकोप्रति अमुक व्यक्ति हटेपछि भन्ने तरिका ठिक नभएको ओलीको भनाइ छ । उनले सबैले राजीनामा गर्नुपर्ने आफूले देखेको समेत बताए ।
‘उहाँहरू प्रति यत्रो प्रश्न उठिसकेपछि, सेटिङमा सहमत भएर फैसला गरेको देखिएपछि उहाँहरूले त राजीनामा गर्नुपर्ने हो जस्तो लाग्छ मलाई’, ओलीले अन्य न्यायाधीशहरूले पनि राजीनामा गर्नुपर्ने बताए ।
यद्यपी उनले प्रधानन्यायाधीशले राजीनामा गर्दैमा न्यायिक क्षेत्रको प्रदूषण कम नहुने दाबी गरे । ‘अनि लागेको क्यान्सर छ कुखुराको अण्डा मन्साउने ? कुखुराको अण्डा मन्साएर क्यान्सर निको हुन्छ ?,’ओलीको प्रश्न छ ।
उनले न्यायालय स्वतन्त्र र निष्पक्ष होस् भन्ने चाहेको पनि बताएका छन् । उनले व्यवस्थापिका, कार्यपालिका र न्यायालय स्वतन्त्र रहने भन्दै ती संस्थाहरू स्वतन्त्र ढंगले नै चल्नुपर्ने बताए । उनले कोही कसैबाट संविधान र कानुन मिच्ने काम भए न्यायालयले निष्पक्ष फैसला गर्ने भएकाले नै अदालतप्रतिको आस्था र विश्वास बढ्ने बताए ।
‘हरेक निकायका सीमा हुन्छन् । हामीले लोकतन्त्रका लागि लडेको यसैका लागि हो । यही मान्यता हाम्रो रहेको छ तर फैसला संविधानमा लेखिएको भन्दा विपरीत हुने गर्यो नेपालमा’, ओलीले भने अहिले सर्वोच्चमा जे भइरहेको छ त्यो बहुत दुःखद भएको पनि बताए ।
उनले संसद् सरकार हेरफेर र गठन गर्ने थलो भए पनि अदालतका आधारमा सरकार फेरिने गरेको उदाहरण दिए । ‘प्रधानमन्त्री परमादेशबाट हटाएर अर्को प्रधानमन्त्री नियुक्त गर्दा पनि संसद्ले थाहा पाएन’, ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले महाधिवेशन सम्पन्न गर्न र मञ्च व्यवस्थापन लगायतमा कति खर्च हुन्छ भन्ने प्रश्नको ठोस जवाफ दिएनन् । ‘अलिकति खर्च त लाग्ने नै हो । ठुलो परिवारमा खाना खर्च नै ठुलो हुन्छ । चामल,दाल नै धेरै लाग्छ । मञ्च विशाल नै हुन्छ’, अोलीले भने, ‘केन्द्रीय समिति, कलाकार, विदेशी पाहुना राख्न मिल्ने विशाल मञ्च हुन्छ ।
तर मैले कालिगढको नागरिकता कहाँको हो भनेर सोधेको छैन । खर्च कति लाग्छ यकिन भएन ।’ उनले एमालेका संगठित सदस्य मात्रै आठ लाख ५५ हजार सात सय ५३ भएको भएको भन्दै तिनै सदस्यबाट एकसय रुपैयाँ उठाउँदा पनि आठ करोड उठ्ने बताए । ‘महाधिवेशनमा सातआठ करोड खर्च हुन पनि सक्छ’ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले उम्मेदवारी दिनु, प्रतिस्पर्धा गर्नु र गुटगत राजनीति गर्नु फरक कुरा भएको बताए । उनले नेकपा एमालेसँग स्थायी केन्द्रीय निर्वाचन आयोग रहेको र त्यसले महाधिवेशन गराउने पनि बताए ।
‘उम्मेदवारी परेपछि पनि आपसी सहमतिबाट सर्वसम्मति हुन सक्छ नभए निर्वाचन हुन्छ । त्यो मेरो सरोकारको विषय होइन, आयोगको हो । आयोगले सर्वसम्मत वा प्रतिस्पर्धा जे भए पनि निष्पक्ष निर्वाचन गर्छ। गुट जन्मँदैन’, ओलीको दाबी छ । उनले महाधिवेशनमा कुनै पनि पदमा सहमतिका लागि दबाब नदिने पनि सुनाए ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन