
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४तिब्बतर्फ ताल पुन: फुट्यो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
११पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
९जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
यदि कसैलाई ओछ्यानमा पुगेपछि निदाउनका लागि १० देखि २० मिनेटसम्म लाग्छ भने यसमा आत्तिनुपर्ने केही छैन । यो सामान्य हो । तर त्योभन्दा बढी समय अथवा पूरै रात निद्रा लागेन भने के गर्ने त ?
तुरुन्त उठ्नुहोस्
यदि ओछ्यानमा पल्टेको २० मिनेटसम्म पनि निद्रा लागेन भने ओछ्यानबाट तुरुन्त उठ्नुपर्छ । त्यसपछि मधुरो बत्ती बालेको अर्को कोठामा गएर शान्तसँग बस्नुपर्छ । आफूलाई फेरि निद्रा नलागेसम्म आनन्द र शान्त महसुस हुने काम गर्न सकिन्छ । यही कार्य यदि रातमा केही समय निदाएर ब्युँझिएपछि फेरि पनि गर्न सकिन्छ ।
निद्रासम्बन्धी विशेषज्ञ रोबिन्स भन्छिन्, ‘यदि ओछ्यानमा निद्राका लागि बसेको २० मिनेटसम्म पनि निदाउन सकिँदैन भने तुरुन्तै ओछ्यान छाड्नुपर्छ । केही व्यक्तिहरूले निद्रा नलागे पनि ओछ्यानमा पल्टिँदा आराम महसुस हुने कुरामा विश्वास गर्छन् ।
रोबिन्सका अनुसार यो एउटा भ्रम मात्र हो । यदि निद्रा नलाग्दा पनि ओछ्यानमा बस्ने हो भने मानिसहरूले ओछ्यानलाई पनि अनिद्रासँग जोडेर हेर्न थाल्छन् ।
ओछ्यानलाई सफा र पवित्र राख्नुहोस्
निद्रासम्बन्धी अर्का विशेषज्ञ दास गुप्ता भन्छन्, ‘ओछ्यानलाई सधैँ यौन सम्पर्क गर्ने र निदाउने स्थानमात्र बनाउनुपर्छ । यसो गर्दा दिमाग सुत्ने कोठामा पुगेपछि निदाउनुपर्छ भन्नेमा सक्रिय रहन्छ । ओछ्यान सफा र पवित्र राखेमा सिरानीले टाउकोलाई स्पर्श गर्ने बित्तिकै निद्रा लाग्न थाल्छ ।
यही प्रक्रियालाई मात्रै पछ्याउँदा शयन कक्षमा प्रवेश गर्नासाथ के आवश्यक पर्छ मस्तिष्कले आफैँ थाहा पाउँछ । यसको मतलब के हो भने सुत्ने कोठामा प्रवेश गरेपछि टेलिभिजन हेर्ने, मोबाइल चलाउने गर्नुहुँदैन । यस्ता इलेक्ट्रोनिक्स डिभाइसमा प्रयोग हुने निलो प्रकाशले निद्रा लाग्न दिँदैन ।
सुत्ने कोठालाई गुँडजस्तै बनाउनुहोस्
आफ्नो मस्तिष्कलाई निन्द्राको प्रकृयाबाट पोषण प्राप्त गर्ने अपेक्षा राख्ने बनाउनुपर्छ । सुत्ने कोठालाई सधैँ अँध्यारो र न्यानो बनाउनुपर्छ । विज्ञानका अनुसार १५ देखि २० डिग्री सेल्सियस तापक्रममा राम्रो निन्द्रा लाग्छ । त्यसैले कोठालाई त्यही तापक्रममा व्यवस्थापन गर्नुपर्छ ।
तालिका तयार पार्नुहोस्
प्रत्येक दिन नियमित रूपमा दाँत माझ्नुपर्छ । मनतातो पानीले नुहाउनुपर्छ । धेरै चिसो पानीले नुहाउनु हुँदैन । मधुरो बत्तीमा बसेर किताब पढ्नुपर्छ । त्यस्तै मनलाई शान्त पार्ने संगीत सुन्नुपर्छ । नियमित योग र ध्यानको पनि उत्तिकै आवश्यकता छ ।
यी सबै कामहरू गर्ने निश्चित समय तालिका बनाउनुपर्छ । त्यस्तै राति ओछ्यानमा जाने र बिहान उठ्ने समय एउटै हुनुपर्छ । यस्तो तालिका बनाउनाले मस्तिष्क त्यही समयमा मात्र निदाउन र ब्युँझन मानिसलाई आदेश दिने गरी तालिमप्राप्त हुन्छ । त्यही काम पछि बानीको रूपमा विकास हुन्छ ।
दिमागलाई शान्त राख्नुहोस्
धेरै मानिसका लागि निद्रा नलाग्नु सबैभन्दा ठूलो रोगजस्तो भइसकेको छ । आजको विश्वमा मानिसहरू तनाव र एन्जाइटीमा रुमल्लिएका छन् । यसबीच हामीले के गर्ने र के नगर्ने भन्ने छुट्याउन निकै गाह्रो छ ।
रोबिन्स भन्छिन्, ‘यस्तो भयावह परिस्थितिमा ध्यान गर्नाले निद्रा लाग्न धेरै मद्दत गर्छ । हामीमा रहेका कुविचारहरू हामी अचेत भएको अवस्थामा हामीबाट हराएर जानु नै ध्यान हो । ध्यान गरिसकेपछि यसले मानिसलाई उचित समयमा आरामदायी तरिकाले निदाउन सक्ने बनाउँछ ।
तनावका कारणहरूको सूची ओछ्यानको छेउमा राख्ने
दिमागलाई शान्त राख्ने यो अर्को उत्तम विकल्प हुन सक्छ । सधैँ आफू सुत्ने ठाउँको छेउको टेबलमा आफू तनावमा रहनुको कारणहरूको सूची तयार गरेर राख्न सकिन्छ । सुत्नुअघि दिमागमा आएको कुरा लेख्ने गर्नुपर्छ ।
रोबिन्स भन्छिन्, ‘चाहे त्यो तनावपूर्ण, अतिसामान्य अथवा अतिभयानक कुरा किन नहोस्‚ त्यसलाई सुत्नुअघि नोट गर्नुपर्छ । त्यसपछि ‘यसका लागि रातमा मलाई कुनै समय छैन । यी सबै तनाव म भोलि बिहानबाट व्यवस्थापन गर्छु’ भन्दै आफैँसँग प्रण गरेर सुत्नुपर्छ ।’
गहिरो श्वास फेर्ने
रोबिन्स भन्छिन्, ‘हामीले गहिरो श्वास लियौँ भने त्यसले हामीलाई म शान्त छु‚ म गर्न सक्छु भन्नेजस्ता मन्त्रको रूपमा काम गर्छ । यसले मन मस्तिष्कलाई आराम दिनुका साथै निद्रा लाग्न मद्दत गर्छ ।’
गहिरो श्वास लिने धेरै तरिकाहरू छन् । विज्ञहरू ‘सिक्स इन–सिक्स आउट’ विधि प्रयोग गर्न सुझाव दिन्छन् । यसो गर्दा पेटमा बिस्तारै हावा भरिएको छ कि छैन विचार पुर्याउनुपर्छ । यो प्रकृयामा पेटमा हावा भरिनु स्वभाविक हो ।
सपना देख्न नछाड्नुहोस्
यदि माथि उल्लेख गरिएका विधिहरू पछ्याएमा केही समयपछि सिरानी देख्ने बित्तिकै निदाउने गरी मस्तिष्कले संकेत गर्छ । त्यसैले आफू निदाउन चाहन्छु भन्ने सपना देख्न कहिल्यै छाड्नुहुँदैन । बिस्तारै ती सपना वास्तविकतामा परिवर्तन हुनेछन् ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ