
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
४फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
५डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
काठमाडौँ । आगामी वर्ष एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकपको लागि १३ राष्ट्रले स्थान सुरक्षित गरेका छन् । मंगलबार राति र बुधबार बिहानका खेलसँगै विश्वकपमा लागि १३ मुलुकले आफ्नो स्थान सुरक्षित गरेका हुन् ।
विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेमा युरापेली छनोटका १० समूहका समूह विजेता छन् भने दुई टोली दक्षिण अमेरिकी छनोटको शीर्ष दुई रहँदा आयोजक राष्ट्रको नाताले कतारले सिधै विश्वकपमा स्थान बनाएको छ ।
युरोपेली छनोटको समूह ‘ए’ बाट सर्वियाले सिधै विश्वकपमा स्थान बनाउँदा पोर्चुगलले प्लेअफ खेल्नुपर्नेछ । समूह ‘बी’ बाट स्पेनले स्थान बनाउँदा स्विडेनले प्लेअफ खेल्ने पक्का भएको छ ।
यता, समूह ‘सी’ मा स्विजरल्याण्डले सिधै स्थान बनाउँदा इटालीले प्लेअफ खेल्नेछ भने समूह ‘डी’ बाट साविक विजेता फ्रान्स सिधै विश्वकपमा स्थान बनाएको छ ।
यस्तै समूह ‘इ’ बाट बेल्जियमले स्थान बनाउँदा वेल्स र चेक रिपब्लिकले प्लेअफमार्फत विश्वकपमा स्थान बनाउने मौका पाएका छन् ।
यता, समूह ‘एफ’ बाट डेनमार्कले सिधै विश्वकपमा स्थान बनाउँदा स्कटल्याण्डले प्लेअफ खेल्नेछ भने समूह ‘जी’ बाट नेदरल्याण्ड समूह विजेतासहित विश्वकपमा स्थान बनाउँदा उपविजेता टर्कीले प्लेअफ खेल्नेछ ।
यस्तै समूह ‘एच’ मा क्रोएशियाले विश्वकपमा स्थान बनाउँदा रसियाले प्लेअफ खेल्नुपर्ने भएको छ । यता, समूह ‘आई’ बाट इंग्ल्याण्ड समूह विजेता बन्दा पोल्याण्डले प्लेअफ खेल्ने भएको छ । यस्तै समूह ‘जे’ बाट जर्मनीले सिधै स्थान बनाउँदा नर्थ म्यासेडोनियाले प्लेअफबाट विश्वकप यात्राको मौका पाएको छ ।
अब, १० समूहका १० र दुई नेस्नल लिगका टोली गरी जम्मा १२ टोलीले प्लेअफमार्फत विश्वकप खेल्ने मौका पाउनेछन् । जसबाट तीन टोलीमात्र विश्वकपमा स्थान बनाउनेछन् । मार्चमा हुने प्लेअफको खेलमा १२ टोलीलाई तीन समूहमा विभाजन गरिनेछ र जसको विजेताले विश्वकपमा स्थान बनाउनेछ ।
यता, एसिया र अमेरिकासहित अफ्रिकाको छनोट हुने टोलीको पक्का नहुँदा दक्षिण अमेरिकाबाट भने ब्राजिल र अर्जेन्टिनाले विश्वकपमा स्थान बनाइसकेका छन् ।
विश्वकपमा स्थान सुरक्षित गरेका राष्ट्र- बेल्जियम, क्रोएशिया, डेनमार्क, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड, सर्विया, स्पेन, स्विजरल्याण्ड, ब्राजिल, अर्जेन्टिना, कतार (आयोजक)
प्लेअफ खेल्ने टोली- पोर्चुगल, स्कटल्याण्ड, इटाली, रसिया, स्विडेन, वेल्स, टर्की, पोल्याण्ड, नर्थ म्यासेडोनिया, युक्रेन, अष्ट्रिया, चेक रिपब्लिक