
१मोरङ–६ मा डा. शेखरलाई हराउँदै रास्वपाकी रुबिना निर्वाचित
२स्याङ्जा क्षेत्र नं. १ मा रास्वपाका धनञ्जय रेग्मी विजयी
३कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
४कास्की–३ मा रास्वपाकी बिना गुरुङको ऐतिहासिक जित
५कास्कीका तीनै क्षेत्रमा रास्वपाको अग्रता कायमैं
६भ्रष्टाचार र उम्मेदवारी खारेजीको मुद्दा परेका मनाङका उम्मेदवार टेकबहादुर गुरुङ पुनः विजयी
७गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा मतपेटिका संकलनमा ढिलाइ
८रुकुम पूर्वबाट नेकपाका संयोजक प्रचण्ड विजयी
९मुस्ताङमा कांग्रेसका युवा नेता योगेश विजयी
१०रास्वपाले खोल्यो खाता : काठमाडौं १ बाट रञ्जु दर्शना विजयी
११प्रतिनिधिसभा निर्वाचन-मतदान सुरु
१२मतदाताले परिचयपत्र नभए पनि ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाउने
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
६फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
७फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
८बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
९प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१०‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
११धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
१२रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
काठमाडाै । हाँस्य रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ। आगामी साताको एपिसोडसँगै कलाकार जितु नेपालले निर्माण निर्देशन र सञ्चालन गर्दै आएको हाँस्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको हो।
कार्यक्रममा पात्र, स्टुडिओलगायतको समस्या भएकाले कार्यक्रम बन्द गर्न लागिएको सञ्चालक जितु नेपालले जानकारी दिए।
‘पात्रहरूले पनि धोका दिए। एउटा रियालिटो शो लामो समयसम्म गरिसकेपछि बीचमा केही समय ब्रेक लिनुपर्ने रहेछ। अरूले पनि निश्चित भागको प्याकेज गर्दारहेछन्। तर मैले ११ वर्षसम्म जिरेखुर्सानी बनाइरहेको भएकाले चलिरहेको छ, लैजाउ न भन्दा कहिले भनेजस्तो गर्न नसक्ने, कहिले कलाकार, कहिले स्टुडिओलगायतको तालमेल मिलिरहेको थिएन। जसोतसो यहाँसम्म ल्याइयो अब चै ब्रेक गरौं भन्ने निर्णय भयो’, नेपालले भने।
अब आउने साता हिमेश पन्त र सुमन कोइरालासँगको कार्यक्रमनै अन्तिम हुने उनले जानकारी दिए। यहीँ फर्म्याटमा नभए पनि विज्ञापन र टेलिभिजनबीच सहकार्य भएमा फेरि पनि आउन सक्ने उनले बताए। ‘अर्को नयाँ तरिकाले आउन त आउँछ। तर विज्ञापन, हामी र टेलिभिजनबीच सहकार्य हुनुपर्छ’, उनले भने।
सिजन–२ को ५४ औँ एपिसोड पुगिसकेको शो बन्द भएपछि आफू डाक्टर कपिल रिजालको निर्माण निर्देशनमा बन्न लागेको फिल्ममा आवद्ध भएको जानकारी दिए। ‘साम्राज्ञीसँग खेल्नका लागि डाक्टर कपिल रिजालले निर्माण र निर्देशन गर्न लागेको फिल्ममा आवद्ध भइसकेको छु, आगामी मंसिर १५ बाट सुटिङ सुरू हुन्छ,’ उनले भने।
यसबाहेक आफ्नो नयाँ टेलिसिरियल बनाउने योजनासमेत रहेको नेपालले सुनाए। ‘राजनीतिक विषय बस्तुलाई व्यङ्ग्यात्मक तरिकाले सिरियल बनाउने योजनामा छु, केही समय पछि सुरू गर्छु होला’, उनले भने।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल